कोरोनाबाट भारतीय अभिनेता तथा राजनेता बिजयकान्तको निधन
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १०:४६:१२
१२ पुस, हैदाराबाद । अभिनेताबाट राजनीतिज्ञ बनेका विजयकान्तको बिहीबार निधन भएको छ । उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि सास फेर्न गाह्रो भएपछि उनलाई चेन्नईको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखिएको थियो ।
डीएमडीके पार्टीका संस्थापक विजयकान्त ९७१० चेन्नईको एमआईओटी अस्पतालमा भर्ना भएको बताइएको छ । यहीँ उनले अन्तिम सास फेरे । उनको मृत्युपछि अस्पताल बाहिर सुरक्षा व्यवस्था बढाइएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
१९७९ देखी दक्षिण भारतीय फिल्म क्षेत्रमा सक्रिय बिजयकान्तले ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन । दक्षिण भारतीय सिनेममा ८०–९० को दशकमा उनले दर्जनौं हिट फिल्म दिएका थिए, जसमध्ये निरुत्तम, शक्तिमानजस्ता फिल्महरुलाई स्मरण गरिन्छ ।
अभिनेता विजयकान्तले २००५ मा देसिया मुरपोक्कु द्रविड कझगम पार्टी गठन गरेका थिए । डीएमडीके २०११ देखि २०१६ सम्म तमिलनाडुमा मुख्य विपक्षी दल थियो र विजयकान्त विधानसभामा विपक्षी नेता थिए।
सन २००५ मा विजयकान्तको पार्टी डीएमडीकेले तमिलनाडुका सबै २३४ सीटहरूमा चुनाव लडेको थियो। तर विजयकान्त एक्लै चुनाव जित्न सफल भए। बाँकी सबै सिटमा उनको पार्टीका उम्मेदवारले पराजय भोग्नुपरेको थियो । तर, उनको पार्टीले यस निर्वाचनमा ८.३८ प्रतिशत मत पाएको थियो ।
सन २०११ मा, विजयकान्तको पार्टीले ४१ सीटमा चुनाव लडे र २९ सिट जित्यो। यस चुनावमा जयललिताको पार्टी (एआईएडीएमके) पछि विजयकान्त विपक्षी नेता बने पछि डीएमडीके दोस्रो पार्टीको रूपमा उभिएको थियो। तर, त्यसपछि उनको पार्टीले २०१६ र २०२१ को विधानसभा चुनावमा एउटा सिट पनि जित्न सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार