सन २०२३ मा दिपिका पादुकोण माथि २ हजार करोडको निर्माताको बाजी
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १०:५४:२३
१२ पुस, मुम्बइ । सन् २०२३ मा बलिउडका धेरै सुन्दरीहरुले बक्स अफिसमा धेरै सफल फिल्म दिएका छन् । यसमा कट्रिना कैफदेखि आलिया भट्टसम्मको नाम समावेश छ।
यी सबैको बीचमा निर्माताले एक अभिनेत्री माथि हजारौं करोड रुपैयाँ जुवा खेलेका छन् । उनी न कट्रिना कैफ हुन् न आलिया भट्ट । उनको नाम हो, दीपिका पादुकोण ।
सन् २०२३ मा दीपिका पादुकोणले फिल्म ‘पठान’ मा काम गरेकी थिइन् । शाहरुख खानसँगको उनीहरुको केमेस्ट्री सिल्वर स्क्रिनमा लोभलाग्दो रहेको थियो । रिलिज पछि ‘पठान’ बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भयो।
दीपिका पादुकोण र शाहरुख खान अभिनित फिल्म ‘पठान’ ले भारतमा ५०० करोडको आँकडा पार गरेको थियो । योसँगै फिल्मको विश्वव्यापी कमाई १०५० करोड रुपैयाँ थियो ।
‘पठान’ को सफलतापछि दीपिका पादुकोण बैंकेबल स्टारको सूचीमा परेकी छिन् र निर्माताहरूले उनीमाथि २ हजार करोडको बाजी लगाएका छन् । दीपिका पादुकोण अर्को वर्ष अब फिल्म ‘फाइटर’ मा देखिने छिन् । यसमा उनको जोडी पहिलो पटक ऋतिक रोशनसँग देखिनेछ । सिद्धार्थ आनन्दले निर्देशन गरेको यो फिल्मको बजेट २५० करोड भारु रहेको भनिएको छ ।
यसपछि दीपिका पादुकोण साउथको फिल्म ‘कल्की २८९८ एडी’ मा देखिने छिन् । यसमा प्रभास मुख्य भूमिकामा छन् । यो महँगो फिल्म हो, जसको लागत करिब ६०० करोड भारु रहेको बताइएको छ ।
दीपिका पादुकोण पनि चर्चित फ्रेन्चाइज ‘सिंघम’ को एक हिस्सा भएकी छिन । उनी ‘सिंघम अगेन’ मा अजय देवगनसँग स्क्रिन सेयर गर्दै गरेको देखिने छिन् । यो फिल्म २०० करोडको बजेटमा बन्न लागेको बताइएको छ ।
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने दीपिका पादुकोण पनि ‘ब्रह्मास्त्र २’ को एक हिस्सा हुन्, जसमा निर्माताले ४०० करोड रूपैयाँ लगानी गरेका छन् । दीपिका पादुकोणले यसको पहिलो भागमा केमियो मात्र गरेकी थिइन् ।
यसपछि दीपिका पादुकोण ‘टाइगर भर्सेस पठान’ र ‘पठान २’ मा पनि चम्किने खबर आएको छ । दुवै चलचित्र २५० करोडभन्दा बढीको बजेटमा बन्ने जनाइएको छ । यसरी हेर्दा दीपिकाका सबै फिल्मको बजेट करिब २००० करोड भारु रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार