पिपल्स क्याम्पस : जस्ताको छानोदेखि अत्याधुनिक भवनसम्म

नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १२:२६:३४
१२ पुस, काठमाडौं । “कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था थियो । अहिले त्यसमा आमूल परिवर्तन भएको छ”, समुदायस्तरमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष एवं निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थी भन्छन्, “स्थापनादेखि यहाँसम्म आइपुग्दा धेरै उतारचढाव खेप्नुपरेको छ । अहिले स्रोत साधन उपलब्ध भएको छ, अब हामीले गुणस्तर र अनुसन्धानमा जोड दिएका छौँ ।”
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सो क्याम्पसले अनेक उकाली–ओरालीका यात्रा पार गर्दै ४२औँ स्थापना दिवस मनाएको छ । विसं २०३८ मा युवक माध्यमिक विद्यालयको जस्ताको छानाबाट सुरु भएको सो क्याम्पस हाल अत्याधुनिक र सुविधासम्पन्न दुई भवनबाट सञ्चालित छ ।
क्याम्पसले व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२, स्नातक तहमा बीए, बिबीए, बिबीएस र स्नातकोत्तर तहमा एमबीएस कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले बताए । “मुनाफारहित यस क्याम्पसले निरन्तररूपमा गुणस्तरीय शिक्षा दिँदै आएको छ । यस छविलाई कायम राख्नेमा हामी विश्वस्त छौँ”, प्रमुख कुँवरले भने । क्याम्पसमा हाल स्नातक र स्नातकोत्तरमा एक हजार तीन सय १० विद्यार्थी र ९९ शिक्षक कर्मचारी छन् ।
स्थापना दिवसका अवसरमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले नेपालका विश्वविद्यालय र क्याम्पसहरूले गुणस्तरीय उच्च शिक्षा दिन सक्छन् भन्ने आत्मविश्वासका साथ काम गर्नुपर्नेमा जोड दिँदै पिपल्स क्याम्पस एक सफल र उदाहरणीय शैक्षिक संस्था बनेको बताए ।
सङ्घीय सांसद गणेश पराजुलीले आफूले सानो छँदा भर्ना गर्ने क्षमता नहुँदा लुकेर पिपल्स क्याम्पसमा पढ्न गएको स्मरण गर्दै आजका युवा र विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न कुनै समस्या भोग्नु नपरोस् भनेर आफूहरूले नीति र कानुन निर्माण काम गरिरहेको बताए ।
क्याम्पसका प्राध्यापक सङ्घका अध्यक्ष प्रमोदराज शर्माले क्याम्पसका कुनै पनि समस्या सामूहिक रूपमा छलफल गरेर समाधान खोज्ने गरिएको जनाए । क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति रञ्जित भण्डारीले सो क्याम्पसले आम विद्यार्थीका लागि सर्वसुलभ र गुणस्तरीय शिक्षा दिँदै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृत विश्वविद्यालयको जग्गामा तीन दलका नेता–कार्यकर्ताको रजाई
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या
फागुन ७, २०८१ बुधबार
ओडिसाबाट जोगबनी हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किए
फागुन ७, २०८१ बुधबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीले गरे ७ जनाको हत्या
फागुन ७, २०८१ बुधबार
ओडिसाबाट जोगबनी हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किए
फागुन ७, २०८१ बुधबार
'स्काइवाक टावर'मा प्रधानमन्त्री ओली
फागुन ७, २०८१ बुधबार
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय शिक्षामन्त्रीसँग कुराकानी
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार