छानबिन नसकिएसम्म एनसेल शेयर प्रकरणमा सरकारले आवश्यक निर्णय लिन सक्दैनः मन्त्री शर्मा
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १२:३२:३०
१२ पुस, काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर बिक्री प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिले प्रतिवेदन नदिएसम्म आवश्यक निर्णय लिन नसक्ने बताएकी छन् । उनले गैरकानुनी काम भएको हो वा होइन भन्ने कुरा छानबिन समितिको रिर्पोट आएपछि मात्र भन्न सकिने बताइन् ।
एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा मन्त्री शर्माले पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् । कानुन बमोजिम काम भएका छैनन् भने जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने संकल्पका साथ सरकारले समिति गठन गरेको उनको भनाइ छ । ३० दिनको समय पाएको समितिले समयमै काम सक्ने उनको दावी छ ।
समितिले आफ्नो छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिने उनले बताइन् । अघिल्लो महिना मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार