उपरथी थापालाई रथीमा बढुवा गर्न सिफारिस
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १३:३६:५
१२ पुस, काठमाडौं । नेपाली सेनाको बुढुवा सिफारिस समितिले उपरथी निर्मलकुमार थापालाई रथीमा बढुवाका लागि सिफारिस गरेको छ । समितिले उनलाई बढुवा सिफारिस गर्ने निर्णय गर्दै ७ दिने सूचना जारी गरेको छ ।
रथी सिताराम खड्का अनिवार्य अवकासमा गएपछि रिक्त भएको पदमा थापालाई बढुवा गर्न लागिएको हो । उपरथी थापा हाल राष्ट्रसंघीय शान्ति मिसन सिरियामा फोर्स कमाण्डरको रुपमा कार्यरत छन् । थापाविरुद्ध कुनै दाबी विरोध वा उजरी भए बढुवा समितिमा ७ दिन भित्रमा दिन भनिएको छ । नेपाली सेनामा दुई जना रथीको दरबन्दी छ ।
यसअघि अशोकराज सिग्देल बढुवा भएका थिए । सिग्देल र हाल बढुवा सिफारिस भएका थापा मध्येबाट आगामी भदौदेखि नेपाली सेनाको कमाण्ड गर्ने छन् । हालका प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौ २४ गते कार्यकाल पूरा गरेर अवकास हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
पहिलो दिनको थुनछेक बहस सकियो, प्रतिवादीले यही मर्छु भनेपछि अदालतमा केहीबेर सन्नाटा
पुष १६, २०८१ मंगलबार
उपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला
पुष १७, २०८१ बुधबार
अमेरिकामा ‘नोरोभाइरस’को प्रकोप बढ्दैः सीडीसी
पुष १७, २०८१ बुधबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
राष्ट्रपतिले विभिन्न ५ देशका राजदूतहरुलाई गराए शपथ
पुष १७, २०८१ बुधबार