पशुपति विकास कोषका कार्यकारी निर्देशक पुनको नियुक्तिका कागजात ३ दिनभित्र पेश गर्न समितिको निर्देशन
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १४:४७:५९
१२ पुस, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको नियुक्त हुँदा पेस गरेको कागजात मागेको छ ।
बिहीबार पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई बोलाएर गरिएको छलफलमा पुनको नियुक्ति विवादमा परेको बताउँदै नियुक्त हुँदा पेस गरेका कागजातहरू ३ दिनभित्रै समितिमा पेस गर्न कोषलाई निर्देशन दिएको हो ।
सांसद एकनाथ ढकालले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति विवादास्पद रहेको भन्दै प्रश्न उठाए । उनले कार्यकारी निर्देशकमा लक्ष्मी पुनको योग्यता पुगेको छ कि छैन ? मास्टर्स गरेको छ भने १५ वर्ष र स्नातक हो भने २० वर्ष कुनै संस्थामा काम गरेको छ कि छैन ? भन्दै प्रश्न उठाए । ढकालले पुन अहिलेसम्म पनि समानुपातिक सांसदको सूचीमा रहेको बताउँदै समानुपातिक सूचीमा रहेको मान्छे कार्यकारी नियुक्त गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न पनि उठाए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कार्यकारी निर्देशक नियुक्तिमा के आधारमा मापदण्ड पूरा गरिएको भन्दै प्रश्न गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्बी रहेको कुरा उनी बसेको घरको महिलाले बताएको उल्लेख गर्दै उनको धर्म के हो छानबिन गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो हिन्दुको आस्थाको केन्द्रमा कार्यकारी निर्देशकमा नियुक्त गर्दा उनी क्रिश्चियन हो भने राज्यले घोर अन्याय र अपराध गरेको छ । उनको योग्यता छानबिन गर्नुपर्छ । निर्देशिका भएको मापदण्ड अनुसार छ कि छैन हेर्नुप¥यो । यो चानचुने विषय हैन, यसमा गम्भीर भएर छानबिन गर्नुपर्छ ।’
यस्तै सांसद छिरिङ ल्हामु लामाले भने पुन ‘कर्णालीकी महिला, हिजो धर्मनिरपेक्षताका लागि लडेको महिला’ भएको भन्दै उनीमाथि प्रश्न उठाउन नहुने बताइन् । उनले सामाजिक सञ्जालमा लक्ष्मी पुनलाई क्रिश्चियन धर्मावलम्बी भनेर मानहानि गरेको बताइन् । उनको योग्यतामाथि प्रश्न उठाएर कर्णालीकी चेलीमाथि गरेको व्यवहारले दुखी बनाएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
माओवादी केन्दीय समिति बैठक बस्दै, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
पुष २१, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने
पुष २०, २०८१ शनिबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
पूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार