भू-परिवेष्ठित देश भएका कारण वैदेशिक व्यापारमा नेपालका विशिष्ट चुनौती छनः मन्त्री साउद
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १५:१:१८
१२ पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक व्यापारमा नेपालका लागि थुप्रै चुनौती रहेको भन्दै त्यसको सामना गर्न क्षेत्रीय संगठनको आबद्धता सहयोगी हुने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको बिमस्टेकको भाबी कार्यदिशा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल पनि एसिया क्षेत्रमा स्थापना भएका संगठनहरूमा सदस्यता प्राप्त गरी संवाद र सहकार्य गर्दै आएको बताए ।
भू–परिवेष्ठित मुलुक भएका कारण वैदेशिक व्यापारसँग सम्बन्धित नेपालका विशिष्ट चुनौती छन् र अल्पविकसित मुलुक भएको कारण आर्थिक विकाससँग सम्बन्धित अनेकौँ चुनौती हामीले सामना गरिरहेका छौँ, मन्त्री साउदले भने, यी चुनौतीहरूको सामना गर्न क्षेत्रीय संगठन भित्रको अर्थपूर्ण आबद्धता हाम्रा लागि सहयोगी हुने कुरामा दुईमत छैन ।
आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुकहरू आ–आफ्ना क्षेत्रमा संगठित हुँदै आएको उल्लेख गर्दै उनले नेपाल पनि एसिया क्षेत्रमा स्थापना भएका संगठनहरूमा सदस्यता प्राप्त गरी संवाद र सहकार्य गर्दै आएको बताए । क्षेत्रीय फोरमहरूमार्फत राष्ट्रिय हित प्रवर्द्धन गर्ने नेपालको परराष्ट्र नीति रहेको छ । त्यसै अनुरूप नेपाल सार्क, बिमस्टेक र एसियाली सहयोग संवाद जस्ता एसिया क्षेत्रमा रहेका संगठनहरूलाई उपयोग गरी आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने कार्यमा सक्रिय रहँदै आएको छ,उनले भने ।
दक्षिण एसिया र दक्षिण पूर्व एसियाका मुलुकहरूलाई जोड्ने बिमस्टेक क्षेत्रलाई नेपालले महत्व दिँदै आएको पनि उनले जनाए । बिमस्टेक सहयोगका क्षेत्रहरूलाई प्रत्येक सदस्य राष्ट्रले एक क्षेत्रमा नेतृत्व दायी भूमिका निर्वाह गर्ने गरी सात सहयोगका क्षेत्रहरू पुनः संरचना गरिएको उनले बताए ।
व्यापार तथा लगानी, कृषि, कनेक्टिभिटी, जलवायु परिवर्तन, सुरक्षा, विज्ञान तथा प्रविधि, जनस्तरको सम्बन्ध जस्ता पुर्नगठित क्षेत्रहरुमध्ये नेपालले जनस्तरको सम्बन्ध क्षेत्रको नेतृत्व गरिरहेको उनले जनाए । जुलाई २०२३ मा थाइल्याण्डको बैंककमा आयोजना भएको बिमस्टेक परराष्ट्र मन्त्रिस्तरीय रिट्रिटमा मन्त्री साउद सहभागी भएका थिए । उक्त बैठकमा सहभागी सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीले सामूहिक रूपमा बिमस्टेकलाई एक मजबुत संगठनको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे ।
बिमस्टेकलाई थप सुदृढ एवम् संस्थागत गर्ने सिलसिलामा बिमस्टेक क्षेत्र अन्तर्गत सहयोग तथा सहकार्यलाई थप प्रभावकारी बनाउन आगामी दिनमा बिमस्टेक प्रक्रियाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रबुद्ध व्यक्तिहरूको समूह) गठन गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार