टेस्ट क्रिकेट : पाकिस्तानविरुद्ध अस्ट्रेलिया २४१ रनले अगाडि
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १५:४२:४८
१२ पुस, काठमाडौं । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले २४१ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ६ विकेट गुमाएर १८७ रन बनाएपछि पहिलो इनिंगमा ५४ रनको अग्रताको आधारमा २४१ रनको अग्रता बनाएको हो ।
अस्ट्रेलियाले पहिलो इनिंगमा ३१८ रन बनाएको थियो भने पाकिस्तानले आफ्नो पहिलो इनिंगमा २६४ रन बनाएको थियो । अस्ट्रेलियाको दोस्रो इनिंगमा मिचेल मार्स ९६ रन बनाएर आउट भए भने स्टिभ स्मिथले ५० रन बनाए । त्यस्तै, पाकिस्तानका शाहीन शाह अफ्रिदी र मिर हम्जाले ३-३ विकेट लिएका छन् ।
योसँगै सिरिजको दोस्रो टेस्टमा पनि अस्ट्रेलिया बलियो अवस्थामा देखिएको छ । तीन खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १–० ले अगाडि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
गौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार