एसियन च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सार्वजनिक
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १५:४४:४१
१२ पुस, काठमाडौं । यस सिजनको एसियन च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड-१६) को ड्र सार्वजनिक भएको छ । बिहीबार भएको ड्र अनुसार राउण्ड १६ मा खेल्ने एशियाका १६ क्लबको प्रतिद्वन्द्वी तय भएको छ । जस अनुसार पश्चिम क्षेत्रबाट राउण्ड १६ मा उज्बेकिस्तानको क्लब नासाफले युएईको क्लब अल ऐन खेल्ने भएका छन् भने साउदी क्लब अल फायहाले अल नासरको सामना गर्ने भएको छ ।
त्यस्तै इरानी क्लब सेपाहानले साउदी क्लब अल हिलालको सामना गर्ने भएको छ भने उज्बेकिस्तानको क्लब नवबाहोरले साउदी क्लब अल इत्तिहादको सामना गर्ने भएको छ ।
त्यस्तै पूर्वी क्षेत्रबाट राउण्ड १६ मा दक्षिण कोरियाको क्लब जेओनबुक हुन्डाई मोटर्सले दक्षिण कोरियाकै पोहांग स्टीलर्ससँग खेल्ने छ भने दक्षिण कोरियाको क्लब उल्सान एचडीले जापानी क्लब भेन्टफोरेट कोफुसँग खेल्ने भएको छ ।
त्यसैगरी चीनको क्लब शानड़ोंग ताइशानले जापानी क्लब कावासोकी फ्रोन्टालेसँग खेल्ने भएको छ भने थाई क्लब बैंकक युनाइटेडले जापानी क्लब योकोहामा एफ मरिनोससँग खेल्ने भएको छ ।
एसियन च्याम्पियन्स लिगको राउण्ड १६ का खेल होम र अवेका आधारमा खेलिने एएफसीले जनाएको छ । जस अन्तर्गत पहिलो लिगका खेलहरु १२ देखि १४ फेब्रुअरी, २०२४ मा हुने छन् भने दोस्रो लिगका खेलहरु १९ देखि २१ फेब्रुअरी, २०२४ मा हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार