भारी बोकेर घरखर्चको जोहो गर्न सहज

नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १६:१२:१२

१२ पुस, भारत । बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन् । उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन् । पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउछन् ।
“नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ”, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै आएका बोहराले भने । उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरे ।
पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उनले जस्तै सुदूरपश्चिम र कर्णली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । “यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्”, बोहराले भने । नेपालमै पसिना बगाउने आफ्नो रहर भए पनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गरे ।
“गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ”, बोहराले भने। भारतमा पनि मजदुरी गर्न सहज नभएको उनको भनाइ छ । “कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ”, उनले भने–“यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको सङ्ख्या अत्यधिक छ ।”
बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर रु दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आएका छन् । मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ । उनीहरुले घरको खेतीपाती पनि आफैले गर्नुपर्ने बाध्यता छ । “यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ”, बोहराले भने, “पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।”
बैतडीको पुर्चौडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीका लागि पिथौरागढ पुगेका छन् । उनी खेतीपातीको काम सकेर रोजागरी खोज्दै पिथौरागढ पुगेको हो । “मजदुरी गरेबापत दैनिक रु छ सय पाइन्छ”, जोशीले भने, “घरबाट आएको केही दिनमात्रै भयो ।” उनले ४० वर्षदेखि भारतमा मजदुरी गर्दै आएको बताए । स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर विदेशिनुपरेको उनले गुनासो गरे ।
जोशीका तीन छोरा छन् । आर्थिक अभावकै कारण उनीहरुलाई पढाउन नसकेको उनी बताउछन् । “एउटा छोरा रोजगारीका लागि भारतकै बैङ्लुरु गएको छ । दुई छोरा घरमै छन्”, जोशीले भने, “छोराले पनि नेपालमा रोजगारी पाउन सकेनन् ।”
पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदुरी गरिरहेका सयौँ नेपाली भेटिन्छन् । तीस वर्षअघि सुदूरपहाडका नेपाली पिथौरागढ पुगेर घिउ बेच्थे । घिउ बेचेर नुन र लत्ताकपडा किन्थे । पहिले वस्तु र बस्त्रको व्यापार हुन्थ्यो । अहिले पसिनाको व्यापार चलेको छ ।
बैतडीको पुर्चौडीका उत्तमसिंह धामीको पनि उही बाध्यता छ । “यहाँ मजदुरी गरेर घरखर्चको जोहो गर्न थालेको ३५ वर्ष भयो”, धामीले भने, “छ महिना स्वदेशमा घरखेतको काम गरेर छ महिना यहाँ मजदुरी गर्न आउँछौँ ।” बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफूहरुले घर नजिकै रोजगारी पाउन सक्ने उनको भनाइ छ ।
“हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन । मेरो जिल्ला बैतडीमा फलाम खानी छ । सरकारले उत्खनन त गर्नुप¥यो”, उनले भने, “सरकारीस्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुनेछन् ।”
पिथौरागढको पुरानो नाम ‘सोर’ हो । कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि उनीहरु पिथौरागढ धाउँछन् । पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामपुरको स्वरूप फेरिँदै
फागुन १२, २०८१ सोमबार
न्हु पोखरी संरक्षणका लागी महानगरले भत्कायो घरटहरा [ फोटो फिचर ]
फागुन १२, २०८१ सोमबार
महाशिवरात्रि : नागा बाबाहरु जन्तीसहित अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिर प्रवेश गरे
फागुन १२, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार