टीओडी रेकर्डको पछी नलागी २५ प्रतिशत महसुल तिरेर पुनरावलोकनमा आउन उद्योगीलाई कुलमानको आग्रह
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १६:३३:४३
१२ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकार निर्देशन कुलमान घिसिङले अहिले डेडिकेटेड फिडर र ट्रंक लाइनको टाइम अफ डेट (टीओडी) मिटरको तथ्याङ्क उपलब्ध नभएको भन्दै २५ प्रतिशत महसुल तिरेर पुनरावलोकनको प्रक्रियामा आउन उद्योगीसँग आग्रह गरेका छन् ।
बक्यौता विवादबारे बिहीबार पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले अहिले टीओडी मिटरको विषय नउचाल्न समेत आग्रह गरे । २०७० सालको प्रतिवेदनले नै उद्योगहरूमा विद्युत खपत भएको स्पष्ट पार्ने भन्दै उनले जुन चिजको डाटा छैन, त्यसको पछि नलाग्न आग्रह गरे ।
उनले भने, ‘२०७० सालको रिपोर्टले स्पष्ट भनेको छ, २४ घण्टा विद्युत वितरण भएको छ, लोडसेडिङको समयमा डेढ सय मेगावट उद्योगले खपत गरेका छन्, जुन कुरा छैन भन्ने कुरा आयो, त्यसकै पछि लाग्ने काम नगरौँ । बक्यौता नतिरेका उद्योगीलाई पुनरावलोकन प्रक्रियामा जान मेरो सुझाव छ ।’
२५ प्रतिशत महसुल तिरेर पुनरावलोकन प्रक्रियामा जान सकिने भन्दै उनले भने, ‘पुनरावलोकनमा आउनुस्, चित्त बुझेन भने जाने ठाउँ छ ।’ उनले बक्यौता भने जुनसुकै हालतमा उठाइने बताए । बक्यौता विवादबारे बिहीबार पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणसँग आवश्यक कागजात रहेको दाबी समेत गरे ।
उनले महसुल नतिर्ने उद्योगहरूको लाइन काट्दै जाने बताएका छन् । नियामक निकायले अन्यथा निर्णय नगर्दा सम्म सबै महसुल लिने प्राधिकरणको अडान भएको उनको भनाइ छ । मन्त्रिपरिषदको निर्णयअनुसार डेडिकेटेडको शुल्क निर्धारण अघि २०७२ साउनदेखि पुससम्म र लोडसेडिङ अन्त्य भएपछि २०७५ वैशाख ७१ देखि २०७७ असारसम्मको महसुलबारे विद्युत नियमन आयोगले अहिलेसम्म निर्णय नगरेको उनले बताए ।
विद्युत् प्राधिकरण अनिर्णयको बन्दी बन्न नसक्ने भएकाले सबै महसुल उठाउन बाध्य भएर लाइन काट्नु परेको उनले बताए । नियमन आयोगबाट फरक निर्णय भए त्यसलाई कार्यान्वयन गर्ने समेत उनले बताए । कार्यकारी निर्देशक घिसिङले उद्योगीहरुलाई प्राधिकरणले काटेको बिलअनुसार शुल्क तिर्न आए किस्तामा रकम बुझाउन दिइने विकल्प समेत दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार