प्रहरी देखेपछि जुवाडेको भागाभाग, जुवा कौडा खेल्ने र खेलाउनेलाई कारबाही हुने चेतावनी
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १६:४५:११
१२ पुस, रौतहट । मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईको निर्देशनपछि रौतहटको कटहरियास्थित अवैध रुपमा सञ्चालन हुँदै आएको कौडा जुवा नियन्त्रणमा आउने भएको छ। डीआईजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बुधबार डीएसपी वीरेन्द्र पासवानको नेतृत्वमा टोली कटहरियास्थित लालबकैया नदीको पुल छेउ पुगेपछि जुवाडेहरुको भागाभाग भएको थियो।
पछिल्लो एक सातादेखि कटहरिया बजारभन्दा झण्डै दुई किलोमिटर पश्चिम लालबकैया नदीको पुल छेउ केराघारीमा लाखौं लाखको कौडा जुवा हुँदै आएको थियो। स्थानीय एकजना मेयर प्रत्याशीले सेटिङ मिलाएर हरिन्दर कुर्मीको रेखदेखमा जुवा खेलाइरहेका थिए ।
डीएसपी पासवानका अनुसार जुवा सञ्चालन गर्ने समूहले उक्त स्थानको झण्डै डेढ दुई किलोमटर वरपर मानिस राखेर रेकी गर्न लगाएका थिए। उनीहरूले नै प्रहरीलाई देखेपछि जुवाडेलाई फोन गरेर खबर गरेपछि उनीहरू भाग्न सफल भएको डीएसपी पासवानले बताए । उक्त स्थानबाट कौडा जुवा खेलाउन प्रयोग हुने केही सामान बरामद भएको उनले जानकारी दिए ।
एक सातादेखि केराघारीमा दैनिक बिहान १० बजेदेखि बेलुकीसम्म कौडा जुवा भइरहेको थियो। त्यहाँ जुवा खेल्न सर्लाही र बाराका जुवाडेहरु आउनेगरेका थिए। त्यहाँ हुने कौडा जुवाबाट प्रहरी र पत्रकारको नाउँमा दैनिक १८ हजार रूपैयाँ उठाइने गरेको एकजना सहभागीले बताए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी जनक भट्टराईले जुवा कौडा खेल्ने खेलाउने जो कोहीलाई कडा कारबाही हुने चेतावनी दिएका छन्। उनले कटहरियामा भइरहेको जुवाबारे अनुसन्धान भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार