भक्तपुरमा आँखाका बिरामीको ग्राफ उकालोमा
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १६:४९:२०
१२ पुस, भक्तपुर । भक्तपुरमा आँखाका रोगीहरुको संख्या निरन्तर उकालो लागेको देखिएको छ । पछिल्लो ६ वर्षमा यो संख्या निरन्तर उकालो लागेको तथ्यांकले देखाएको हो । ख्वप तीलगंगा आँखा अस्पतालले राखेको तथ्यांकअनुसार यहाँं आउने बिरामीहरूको संख्या निरन्तर बढ्दो छ । अस्पतालले सन् २०१८ बाट सेवा सुरु गरेको थियो ।
सेवा सञ्चालनको पहिलो वर्षमा यहाँं २० हजार ४२७ जनाले सेवा लिएका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०१९ मा बढेर २५ हजार ७९४ जनाले सेवा लिए । त्यसपछि दुई वर्ष भने घटेको देखिएको छ । कोरोनाका कारण ती वर्षमा बिरामी आउने क्रम घटेको जनाइएको छ ।
सन् २०२० मा ११ हजार ६९१ जनाले सेवा पाए । यस्तै सन् २०२१ म २० हजार ८९ जनाले सेवा पाए । त्यसपछि भने निरन्तर बढ्दो छ । यसरी सन् २०२२ मा बढेर २५ हजार ५७३ जना सेवाग्राही अस्पताल आए । साथै फेरि बढेर सन् २०२३ को ११ महिनाभित्रमा पनि २९ हजार ७९४ जना सेवा लिन अस्पताल पुगे ।
'सेवा लिन आउने बिरामीहरूको संख्या प्रत्येक वर्ष बढ्दो छ,' अस्पतालका इन्चार्ज धीरज अधिकारीले भने, 'त्यसकारण अहिले हामी सेवा फराकिलो ठाउँमा राख्ने योजनामा छौँ ।'
ख्वप तीलगंगा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यो अस्पताल अरू अस्पताल जस्तो नाफाको लागि नभइ सेवाका लागि रहेकाले तुलनात्मक रुपमा कम शुल्कमा सेवा प्रदान गर्दै आइरहेको सुनाए । काठमाडौंको तीलगंगा आँखा अस्पताल भन्दा कम शुल्कमा आफूहरूले सेवा दिइरहेको उनको भनाई थियो ।
तीलगंगा आँखा अस्पतालका डा. मोहनकृष्ण श्रेष्ठले भक्तपुरका जनतालाई आँखा उपचारको सेवा दिन भक्तपुर नगरपालिकासँंग मिलेर काम गरिरहेको जानकारी गराए । त्यसकारण यहाँंको नाम ख्वप तीलगंगा आँंखा अस्पताल राखेर कम शुल्कमा सेवा दिइरहेको जानकारी उनले गराए । यहाँं नयाँं बिरामीको दर्ताका लागि प्रतिव्यक्ति रु ८०, पुरानाका लागि रु ५० टिकट शुल्क रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार