बारम्बार अवसर पाएकालाई राष्ट्रियसभाको उम्मेदवार नबनाउन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार २०:३१:३७
१२ पुस, काठमाडौं । बिहीबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले बोलेका छन् । उनीहरुहरुले सरकारका विषयमा प्रधानमन्त्री प्रचण्डले गरेका नराम्रा काम दोष कांग्रेसले बोकिरहेको बताए । राष्ट्रियसभा निर्वाचनमा नयाँ उम्मेदवार दिनुपर्नेमा उनीहरूको जोड थियो ।
नेताहरू पटक–पटक अवसर पाएका र चुनाव हारेकालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउन खोजिएको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वको विरोध गरे । अवसर पाएका र चुनाव हारेकालाई उम्मेदवार नबनाउन उनीहरूले आग्रह गरे ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि २०४८ सालदेखि पटक–पटक अवसर पाएकाहरुसमेत उम्मेदवार बन्न आकांक्षी देखिएपछि कांग्रेसको बिहीबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा अवसर नपाएका अनुभवी र विज्ञलाई उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरूले पार्टी सभापतिलाई दवाव दिएका हुन् ।
कांग्रेसले पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बैठक बोलाएको थियो । केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार मन्त्रिपरिषदको बैठकका कारण पहिलो दिनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाहेक मन्त्रीहरुले आफ्नो कार्यसम्पादनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्न नपाएको बताए ।
बैठकको पहिलो दिनमा करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । उनीहरूले राष्ट्रियसभा सदस्य निर्वाचनमा पटक–पटक पराजितलाई उम्मेदवार बनाउन नहुनेमा जोड दिए । भ्रष्टाचारका हरेक कान्डमा कांग्रेस संरक्षक भएको जस्तो सन्देश जान थालेको भन्दै त्यसको प्रतिवाद नेतृत्वबाट हुनुपर्नेमा जोड दिएका थिए । पार्टी सरकारमा भएको अनुभूति समेत गर्न नपाएको अधिकांश सदस्यको गुनासो थियो ।
केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा निर्वाचनमा उमेदवार सिफारिसलाई लिएर पनि चर्को आलोचना भएको छ । अघिल्लो वर्ष तीन तहमा भएको निर्वाचन हारेकाहरूको नाम सिफारिस भएको भन्दै केन्द्रीय सदस्यहरू आक्रोशित भएका छन् । सबै प्रदेश कमिटीहरूले अघिल्लो वर्षको प्रतिनिधिसभा निर्वाचन हारेकाहरूको नाम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेका छन् ।
केन्द्रीय सदस्यहरूले उमेदवार सिफारिस र छनोटको मापदण्ड के हो भन्दै प्रश्न उठाए । उनीहरूले हारेको मान्छेलाई सिफारिस गर्ने भए आफ्नो नाम किन सिफारिस हुने भन्दै प्रश्न गरे । केन्द्रीय सदस्यहरूले कसैले अवसर पाइरहने, कसैले अवसर नै नपाएर अन्याय भएको गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार