एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार ११:९:३
१३ पुस, मुम्बई । सुपरस्टार प्रभासको फिल्म ‘सालार’ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्रको कलेक्सन दिनप्रतिदिन बढ्दै गएको छ । प्रभासको फिल्मले देशमा मात्र नभइ विदेशमा पनि धुम मच्चाइरहेको छ । अब यो चलचित्रको विश्वव्यापी संग्रहको पछिल्लो तथ्यांक बाहिर आएको छ । जान्नुहोस्, फिल्मले एक सातामै कति करोडको व्यापार गरेको छ ?
सोसल मिडिया प्लेटफर्म एक्समा ‘सालार’ नामको अफिसियल पेज छ, जसमा फिल्मको हालसम्मको कुल कमाईको जानकारी दिइएको छ । यस अनुसार प्रभासको ‘सलार’ ५०० करोड क्लबमा प्रवेश गरेको छ । प्रभासको फिल्मले एक हप्ता भन्दा कम अर्थात् ६ दिनमा यो उपलब्धि हासिल गरेको हो ।
शाहरुख खानको फिल्म ‘डंकी’ रिलिज भएको दोस्रो दिन मात्रै २२ डिसेम्बरमा प्रभासको ‘सालार’ रिलिज भएको थियो । बक्स अफिसमा यो फिल्मले पहिलो दिन विश्वभर १७८.७ करोड कमाएर इतिहास रच्यो । योसँगै ‘सालार’ले शाहरुख खानको ‘जवान’ र ‘पठान’को ओपनिङ डे कलेक्सन रेकर्ड पनि तोडेको थियो । सन् २०२३ मा रिलिज भएको ‘पठान’ ले पहिलो दिन १०६ करोड र ‘जवान’ले १२९.६ करोडको व्यापार गरेको थियो ।
केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ जस्ता ब्लकबस्टर फिल्म निर्देशन गर्ने चर्चित प्रशान्त नीलले निर्देशन गरेका हुन् । फिल्ममा प्रभासका अलावा पृथ्वीराज सुकुमारन, श्रुति हासन, ईश्वरी राव, श्रिया रेड्डी र टिनु आनन्द जस्ता कलाकारको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्मको कथा दुई साथी वेधा र वर्धाको वरिपरि घुमेको छ, जो पछि दुश्मन बन्छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार