सर्लाही र सिराहाका मिटरब्याज पीडितमाथि प्रशासन हाबी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार ११:३९:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/413955151_270138952743988_531230940485098504_n_IKgiJWeh3o_IfhjLxiUty.png)
१३ पुस, सर्लाही । सर्लाही र सिराहाका मिटरव्याज पीडितले फेरि आन्दोलन सुरु गरेका छन् । प्रहरी प्रशासन पीडकको पक्षमा लागेको भन्दै मिटरव्याज पीडितले बिहीबारदेखि आन्दोनल सुरु गरेका हुन् । सिरहाका मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल बहिष्कार गर्ने भएका छन् ।
प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै मिटरब्याज पीडित संघर्ष समितिले छलफल बहिष्कार गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयहरुमा अनुचित लेनदेन तथा मिटरब्याज सम्बन्धमा पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाउने गरिन्छ । यही अवस्थामा हामी प्रजिअ र सहप्रजिअको रोहबरमा हुने छलफल पूर्णरुपले बहिस्कार गर्ने निर्णय गरेका छौं, पीडितले भने ।
यस्ता छलफलमा पीडितको पक्षमा प्रशासन नहुने भएकाले बहिस्कार गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक मनोज पासवानले जानकारी दिए । बिहीबार सिरहामा मिटरब्याज पीडितहरुको बैठक बसेको थियो । सो बैठकले गरेको निर्णयमा लेखिएको छ, ‘पीडितको घरमा आगो लगाउने, लागूऔषधको कारबारी रहेको भनेर फसाउने, जग्गा हडप्ने, लगाएको बालिनाली नष्ट गरिदिने, न्यायालय परिसरमा गालीगलौज तथा कुटपिट गर्ने, कानुनसम्म व्याज नलिई चर्को ब्याज लिने जस्ता जघन्य अपराधमा समेत प्रहरी प्रशासन मूकदर्शक भएर सीडीओ र सुरक्षा निकाय बस्ने गरेको छ ।
यता, सर्लाहीका झण्डै दुई सय पीडितले मलंगवाकै सडकमा रात काटेका छन् । आन्दोलनमा अधिकांश महिला छन् । मध्यपुसको यो चिसोमा सडकमै टेन्ट टाँगेर बसेका उनीहरुले सडकमै खाना बनाएर खाएका छन् । शुक्रबार बिहानैबाट पीडितले मलंगवास्थित जिल्ला अदालत अगाडि फेरि प्रदर्शन सुरु गरेका छन् ।
मिटरब्याजी साहुलाई तुरुन्तै पक्राउ गरेर कारबाही नभएसम्म आन्दोलन नरोकिने मिटरव्याज पीडित आन्दोलनकी अगुवा सरस्वती मिश्रले बताइन् । बिहीबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापन पत्र बुझाउन गएका पीडितमाथि प्रहरी प्रशासनले बल प्रयोग गरेको थियो । त्यसक्रममा केही पीडित घाइते भएका छन् । बिहीबार साँझ प्रहरीले प्रदर्शनकारीलाई तितरभितर पार्न केही सेल अश्रुग्यास र हवाई फायरसमेत गरेको छ ।
सीडीओ कार्यालयअगाडि मिटरब्याजी साहु रामस्वरूप राय पक्षले आफ्ना कपडा च्यातेर कुटपिट गर्दा पनि प्रहरी प्रशासनले न्याय नदिएको सर्लाहीको हरिपुर नगरपालिका– ५, लक्ष्मीपुरका अमरुल खातुनले बताइन् । प्रहरीहरुकै अगाडि अमरुल र मविना खातुनलाई लछारपछार गर्दै साहुहरुबाट कुटपिट हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको आरोप सरस्वती मिश्रको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले प्रहरी प्रशासन पीडकको पक्षमा लागेको भन्ने पीडित पक्षको आरोप सत्य नभएको दाबी गरे । प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा फदमा खातुनलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि उनीहरुले विरोध गरेको धमलाले बताए ।
उनले सर्लाहीमा मिटिरव्याजसम्बन्धी धेरै ‘केस’ सल्टिएका बताए । म सर्लाही आएपछि पनि पीडक र पीडितलाई सँगै छलफलमा राखेर धेरै उजुरीलाई किनारा लगाएको छु । अदालतबाट निषेधाज्ञा लिएर बसेकालाई पनि तुरुन्त पक्राउ गर्नुपर्यो भनेर उहाँहरु हामीलाई दबाब दिनु हुन्छ । हामीले त्यसो गर्न मिल्दैन भन्दा उहाँहरु मान्नुहुन्न । यो विषयलाई उहाँहरुले अतिरञ्जित ढंगले प्रचार गरिरहनु भएको छ ।’
पीडितहरुले भने प्रहरी प्रशासन पीडकको पक्षमा लागेको आरोप लगाएका छन् । छलफलमा बस्दा पनि साहुकारहरुले उल्टै पीडितलाई धम्क्याउने, थर्काउने गर्दै आएका मिश्र बताउँछिन् । ‘पीडितसँगको छलफलमा मिटरव्याजी साहुहरु नेता र जनप्रतिनिधिहरु लिएर आउँछन् । सीडीओ, एसपी उनीहरुकै कुरा सुन्छन्,’ उनले भनिन्, ‘साहुहरु नेता र मन्त्रीको पहुँचमा छन् । प्रशासन उनीहरुको संरक्षणमा लागेर पीडितलाई दुःख दिइरहेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
वित्तीय सुशासन जोखिम मूल्यांकन : दोधारा चाँदनी नगरपालिका नतिजाविहीन
फागुन ५, २०८१ सोमबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति
फागुन ५, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ५, २०८१ सोमबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार