पर्सा-११ प्रो क्लब च्याम्पियनसिपको फाइनलमा
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार १३:१८:१०
१३ पुस, काठमाडौं । पर्सा-११ वीरगंजमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा पर्सा-११ ले नेपाल आर्मी क्लबलाई ३१ रनले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
पर्सा-११ ले दिएको १०० रनको लक्ष्य पछाएको नेपाल आर्मी १६.२ ओभरमा अलआउट हुदै केवल ६८ रन मात्र बनाएको थियो । नेपाल आर्मीका लागि कुशल मल्लले १९ र बसिर अहमदले १० बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
त्यस्तै पर्सा-११ का लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने अनिल शाह, पवन सराफ र संसद मन्सुरीले २-२ तथा रंजित कुमारले एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पर्सा-११ ले १९.४ ओभरमा अल आउट हुँदै ९९ रन बनाएको थियो । पर्साका लागिसंसद मन्सुरीले १७, अनिल शाह ररुपेश सिंहले १५-१५, पवन सराफले ११ रन बनाएका थिए । त्यसैगरी आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिएका थिए भने कुशल मल्लले ३, शहाब आलमले २ तथा विवेक यादवले एक विकेट लिएका थिए ।
अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आजै नेपाल पुलिस क्लब र वण्डर्स क्लब नोयडाबीच हुँदै छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार