माहुरीपालनबाट वार्षिक रु आठ लाख बचत
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार १४:२२:२९
१३ पुस, दाङ । तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित भएका छन् ।
विगत डेढ दशकदेखि सो पेसा अँगाल्लेका केसीले तीनजनालाई पूर्णरुपमा र दुई जनालाई आंशिकरुपमा रोजगारी दिए । माहुरीपालनबाट वार्षिक रु आठ लाख बचत गर्न सफल भएको उनले बताए। सफल व्यावसायिक माहुरी पालकरुपमा परिचित केसीको दिनचर्या माहुरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ ।
आजभोलि महको सिजन भएकाले उनी माहुरी कर्ममा व्यस्त छन् । कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बिएसीएजीको अध्ययन पूरा गरेपछि विसं २०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको माहुरीपालन सुरुआत गरेको उनले बताए । सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गरेका केसीसँग हाल तीनसय घार मेलीफेरा जातका माहुरी छन् । उनले यस वर्ष १२ टन मह उत्पादन गरी सकेको अझ उत्पादन बढ्ने बताउछन् ।
माहुरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । “तोरी चरणबाट उत्पादन हुने मह फुट्करमा प्रतिकिलो रु पाँच सय र जङ्गमा चरणबाट उत्पादन भएको मह प्रतिकिलो रु आठ सयसम्म बिक्री गर्ने गरेको छु”, उनले भने ।
बुधबार माहुरी फार्ममा मह किन्नका लागि आएका तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घरआँगनमा शुद्ध मह खान पाइएको बताए । “महमा औषधीजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ”, उनले भने ।
केसीले फार्ममा हालसम्म रु एक करोडसम्मसम्म लगानी गरिसकेका छन् । उनले माहुरीका घार र मह बिक्रीबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्छन् । सबै खर्च कटाएर वार्षिक रु सातदेखि आठ लाख बचत हुने गरेको केसीले बताए ।
उनी माहुरी चरणका लागि कैलालीसम्म पुग्छन् । माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको उनको भनाइ छ । बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको केसीको अनुभव छ । उनी भन्छन्, “सरकारले पहिलो प्राथमिकता माहुरी पालक किसानले उत्पादन गरेको महलाई खपतका लागि बजारीकरण गरिदिनुपर्छ ।
हाल उनको फार्ममा माहुरीपालनका बारेमा जानकारी लिन, घार अवलोकनका लागि पनि मानिसहरू आउने गरेका छन् । नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरूले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीले दुखेसो पोखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ गाउँका खेतमा झुल्यो लहलह धान
असोज ८, २०८१ मंगलबार
वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित
असोज ८, २०८१ मंगलबार
कोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
श्रीलंकाको संसद भंग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा
असोज ९, २०८१ बुधबार
दशैंअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य
असोज ९, २०८१ बुधबार
नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन्ः सभापति देउवा
असोज ९, २०८१ बुधबार
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छः उपराष्ट्रपति
असोज ९, २०८१ बुधबार
चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति
असोज ९, २०८१ बुधबार
आल्भेजमाथि रियल म्याड्रिडको जित
असोज ९, २०८१ बुधबार