कांग्रेस केन्द्रीय समितिमा निशंकोच बालकृष्ण खाँण
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार १४:४९:३६
१३ पुस, काठमाडौं । भरखरै जेलबाट छुटेका नेपाली कांग्रेस नेता बालकृण खाँण आजको केन्द्रीय समितिको बैठकमा उपस्थित भएका छन् । विहान ११ बजे नै पार्टी कार्यलय पुगेका उनले सहकर्मीसँग कुनै शंकोच नमानी कुरा गरेका थिए । पुरानै शैलीमा उनले कुराकानी गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएपछि नेता खाँण आज पहिलो पटक कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन् । बैठक स्थलमा नेता खाँण सहकर्मीसँगको भलाकुसारीमा व्यस्त रहे । सञ्चो विसञ्चो सोध्न भ्याए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेसका प्रभावशाली नेता खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन् ।
बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका हुन् । जेलबाट छुटेपछि उनी सार्वजनिक कार्यक्रममा सहभागि भएका िथएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार