पुरुषहरुको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४ हुने
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार १५:३४:५३
१३ पुस, काठमाडौं । पुरुषहरूको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेशनल नेपाल यस वर्ष पनि हुने भएको छ। गु्रप अफ इभेन्ट इन्टरटेनर्स 'जीईई' को आयोजनामा १३ औं संस्करणको पुरुषहरूको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४ हुने भएको हो।
आयोजक ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाका अनुसार नया“ संस्करणको म्यानहन्ट इन्टरनेशनल नेपालका लागि भोलि शनिबारबाट अडिसन शुरु गरिनेछ। म्यानहन्ट इन्टरनेशनल नेपाल २०२४ का लागि पहिलो अडिसन राजधानीको त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस एन्ड स्पामा भोलि शनिबार बिहान ११ बजे हुनेछ।
प्रतियोगितामा स्पर्धा गर्नका लागि उचाई कम्तिमा ५.८ फुट हुनुपर्ने तथा १८ देखि ३४ वर्षको उमेर समूहका युवाले भाग लिन सक्ने ब्यबस्था गरिएको छ। त्यसै गरी न्यूनतम प्लस टु पढेका युवाले यसमा सहभागीता जनाउन सक्नेछन्। सक्सेनाका अनुसार बिबाहित र अबिबाहित दुबैले प्रतियोगितामा स्पर्धा गर्न सक्नेछन्।
यसअघिका म्यानहन्ट इन्टरनेशन नेपालका विजेता विभिन्न क्षेत्रको स्थापित नाम बनेका छन्। यस अघि क्रमश : अभिनेता प्रशान्त ताम्राकार, युवा व्यबसायी सुऋत ज्योति, अभिनेता अनुपविक्रम शाही, अभिनेता तथा मोडल समिन खान र आयुषमान देशराज जोशी श्रेष्ठ, अभिनेता सुशिल श्रेष्ठ र कान्जी कोइराला, कल कान्तिपुरका भिजे सुदित श्रेष्ठ, अभिनेता तथा मोडल निरज थापा र ध्रुव बुढाथोकी, मोडल विकल्प श्रेष्ठ, राइडर तथा मोडल विबेश श्रेष्ठ र अभिनेता प्रकाश शाह म्यानहन्ट इन्टरनेशनल नेपालका विजेता भएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार