बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, सजाय निर्धारण हुन बाँकी
नेपालबहस संवाददाता
पुस १३, २०८० शुक्रबार १९:५६:१६
१३ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।
क्रिकेटर सन्दीप लामिछानेले नाजुक आर्थिक अवस्थाको फाइदा उठाउँदै गौशाला २६ (छ) माथि बलात्कार गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको हो । १८ वर्ष उमेर पुगेको परिवर्तित नाम गौशाला २६ को नाजुक समेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकोले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९, (१) (२) (३) ‘ङ’ बमोजिमको कसुर गरेको ठहर्छ । सोसहित संहिताको दफा २१९ ३ (घ) बमोजिम कसुर कायम गरी सजाय गरिपाउँ भन्ने कसुर दाबी सो हदसम्म पुग्न सक्दैन,” काठमाडौं जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्षसम्म सजाय हुने उल्लेख छ । एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशला २६ को दाबी रहेको भन्दै अदालतले भनेको छ, ‘गौशला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रम समेतलाई विचार गर्दा करणी भएको देखियो ।’
मुद्दाको सुनुवाइका क्रममा पीडित ‘गौशला २६’को उमेरबारे पनि निकै विवाद भएको थियो । रालुका गाविस नुवाकोट तथा शंकरापुर नगरपालिका, काठमाडौंको बसाइँ सराइ दर्ता किताब र नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको डेलिभरी रजिस्टर, गौशला २६ को बकपत्र लगायतले गौशाला २६ को जन्ममिति १८ असार २०६१ भएको र घटना भएको बेला उनको उमेर १८ वर्ष पुगेको इजलासको ठहर छ ।
गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार