कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने, केन्द्रीय सदस्यहरूले धारणा राख्ने
नेपालबहस संवाददाता
पुस १४, २०८० शनिबार ८:१८:५८
१४ पुस,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ । गत बिहिबार, देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १४ गते बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो । हिजोको बैठकले बालकुमारीमा प्रहरीको गोलीबाट दुई नागरिकको हत्याको सम्बन्धमा छानबिनको माग गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले कोरियाली भाषा परीक्षा सम्बन्धी विषयलाई लिएर ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो। ञ हिजो बैठकको निर्णयमा नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।
उसले मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
बालकुमारी घटनाका सम्बन्धमा सरकारले बनाएको छानविन समितिले घटनाको सत्य–तथ्य छानविन गरी दोषीलाई कानुनी कार्वाही गर्नुका साथै घटनामा घाइते भएकाहरुको यथाशीघ्र उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएका जायज मागहरुलाई सम्बोधन गर्न केन्द्रीय कार्यसमितिको यो बैठक नेपाल सरकारसँग माग गर्दछ, सो बैठकको निर्णयमा भनिएको छ ।
साथै, पौष १२ देखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरू मध्य अर्थ मन्त्री डा.प्रकाशशरण महत, परराष्ट्र मन्त्री एन.पी. साउँद, सहरी विकास मन्त्री सीता गुरुङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले यो अवधिमा सम्पादित भूमिका र कार्यहरुका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।
सो बैठकमा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, ईश्वरी न्यौपाने, कल्याणकुमार गुरुङ, किरण यादव, डा. गोपाल दहित, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, रमा कोइराला 'पौडेल', कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, प्रदिपकुमार सुनुवार, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, प्रकाश रसाइली स्नेही, हरिशरण नेपाली, प्रा.डा.गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, गंगालक्ष्मी अवाल, दिनेश कोइराला, सुशीला थिङ, रुपा वि.क., डा.जीवन राना, राधा घले, धना खतिवडा, कल्याणी रिजालले आ-आफ्नो धारणा राखेका थिए।
साथै, प्रदेश सभापतिहरू मध्ये उद्धव थापा 'कोशी प्रदेश', शुक्रराज शर्मा 'गण्डकी प्रदेश', ललितजंग शाही 'कर्णाली प्रदेश' ले आ–आफ्नो धारणा राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको कांग्रेसको ठहर
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार