प्यूठानमा धान उत्पादन बढ्यो, किसान खुसी
नेपालबहस संवाददाता
पुस १४, २०८० शनिबार १३:४५:३९
१४ पुस, स्वर्गद्वारी 'प्यूठान' । प्यूठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुई पटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो ।
समान क्षेत्रफलमा दुई खेती धान र एक खेती गहुँ उत्पादन हुँदा बजारबाट चामल खरिद गर्न नपर्ने भएको ऐरावती गाउँपालिका–५ कि कृषक सम्झना राउतले बताए ।
गत वर्षको तुलनामा तीन हजार तीन सय ७० मेट्रिकटन बढी धान उत्पादन भएको जिल्लास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ । प्युठानका केही फाँटहरुमा सीमित सिँचाइ सुविधा उपयोग गरी कृषकले चैते धान खेती गर्न थालेका छन् ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार गत वर्ष छ हजार एक सय ६५ हेक्टर क्षेत्रफलमा १८ हजार पाँच सय ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष २१ हजार नौ सय ६७ मेट्रिकटन धान उत्पादन भएको छ ।
जिल्लामा सबैभन्दा बढी प्यूठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको कार्यालयका कृषि अर्थ विज्ञ एवं निमित्त कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । जिल्लामा चैते धानखेती, उन्नत जातका बीउको प्रयोग गर्न थालिएको र मौसमले पनि साथ दिएकाले उत्पादनमा वृद्धि आएको उनको भनाइ थियो ।
श्रेष्ठले भने, “प्यूठानका किसानले उन्नत जातका धानको बीउ प्रयोग गर्न थालेका छन् । यसले गर्दा चैते धान रोपेर दुई पटक भित्र्याउन सकिन्छ ।” किसानले खेतीमा नयाँ प्रविधिको प्रयोग थालेका उनले बताए ।
जिल्लाको प्यूठान नगरपालिका, मल्लरानी र ऐरावती गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको श्रेष्ठले जानकारी दिए । प्यूठानमा धान उत्पादन वृद्धि तथा प्रोत्साहनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले धान जोनका रुपमा काम गर्दै आइरहेको छ ।
धान उत्पादन वृद्धिका लागि यस वर्ष एक सय ५० हेक्टर बढीमा जमिनमा चैते धान लगाउने योजना रहेको कार्यालय प्रमुख कृषि अधिकृत चुमानसिंह गिरीले बताए । उनका अनुसार जिल्लामा किसानले चैते धानका रुपमा चैते पाँच, हर्दिनाथ–एक र हर्दिनाथ–तीन, नियमित धानका रुपमा राधा–१२, राधा–१४, सावित्री, हर्दिनाथ–छ जातका धान प्रयोग गर्दै आएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चैते धान खेतीका लागि क्षेत्र विस्तार गरी उत्पादन बढाउन हर्दिनाथ–एक र हर्दिनाथ–तीन लाई यस वर्षदेखि विस्तार गर्न लागिएको गिरीले बताए । उनका अनुसार जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर खेतीयोग्य जमिन भएकामा २२ हजार एक सय २५ हेक्टरमा खेती गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
बाख्रापालनले फेरिँदै सुकमायाको जीवनस्तर
पुष ९, २०८१ मंगलबार
यस वर्ष कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान बर्खे धान उत्पादन
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार