सन् २०२३ मा बङ्गलादेशमा पेशागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च
नेपालबहस संवाददाता
पुस १४, २०८० शनिबार १५:२२:४३
१४ पुस, ढाका । बङ्गलादेशमा सन् २०२३ मा विभिन्न पेशागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकास मामिला हेर्ने एक संस्थाले जनाएको छ ।
बङ्गलादेश व्यवसायिक सुरक्षा, स्वास्थ्य, र वातावरण प्रतिष्ठानले शुक्रबार ढाकामा पत्रकार सम्मेलन गरी तथ्याङ्क सार्वजनिक गरेको हो ।
मृतकमध्ये सबैभन्दा बढी यातायात क्षेत्रका ६३७ जना कामदारको ज्यान गएको छ । २२०, निर्माण क्षेत्रका, १४९, कृषि क्षेत्रका १४६ र उत्पादन क्षेत्रका ९४ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । यसैगरी, सन् २०२३ मा कार्यस्थलका घटनामा ५०२ जना गम्भीर घाइते भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तथ्याङ्कअनुसार सन् २०२३ मा संस्थागत क्षेत्रमा ३२९ जनाको मृत्यु तथा २७७ जना घाइते भएका छन् । यसैगरी अनौपचारिक क्षेत्रमा एक हजार १०३ जनाको मृत्यु तथा दुई सय २५ जना घाइते भएका छन् ।
कार्यस्थलमा हुने मृत्युमा सडक दुर्घटना, विद्युत् चुहावट, आगलागी, भवन भत्किने, चट्याङ, ग्यास सिलिण्डर विस्फोट, हिंसा, कामदारमाथि हुने शारीरिक दुर्व्यवहारलगायत विभिन्न कारण पहिचान गरेको जनाएको छ ।
तथ्याङ्कले २०१३ देखि चालु वर्षको डिसेम्बर २८ सम्म कम्तिमा नौ हजार २६३ व्यक्तिले कार्यस्थलसँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएको जनाएको छ ।
संस्थाले पत्रपत्रिका, अनलाइन , टेलिभिजन, स्थलगत रिपोर्ट कर्मचारीहरूले गठन गरेको नेटवर्क लगायतबाट सङ्कलित जानकारीको आधारमा प्रतिवेदन तयार गरेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार