दिल्ली प्रहरीद्वारा इजरायली दुतावासमा भएको विस्पोटको रिपोर्ट दर्ता
नेपालबहस संवाददाता
पुस १४, २०८० शनिबार १५:४३:८
१४ पुस, नयाँदिल्ली । दिल्ली प्रहरीले डिसेम्बर २६ मा इजरायली दुतावास नजिक भएको संदिग्ध विस्पोटको विषयमा रिपोर्ट दर्ता गरेको दिल्ली प्रहरी ले जनाएको छ । बम स्वाड टोलीका शिर्ष अधिकारीका अनुसार विस्पोटको रिपोर्ट दिल्ली पुलिसलाई बुझाइने छ ।
दिल्ली प्रहरीका अनुसार विस्पोटको कारण अझै पत्ता लाग्न सकेको छैन, उनीहरू फोरेन्सिक रिपोर्ट कुरिरहेका छन् । प्रहरी हरेक तरिकाबाट अनुसन्धानमा लागिरहेको छ ।
मंगलबार दिल्ली प्रहरीलाई चाणक्यपुरी कुटनीतिक क्षेत्रमा इजरायली दुतावास नजिकै विस्पोट सुनिएको फोन प्राप्त भयो । तर अधिकारीहरूले घटनास्थलमा केही प्रमाण नभेटिएको बताएका थिए ।
दुतावास क्षेत्रमा अर्ध सैनिक बल तैनाथ गरेको दुई दिन पछि प्रहरीले इलाका नजिकै विस्पोट भएको सुनेको सुरक्षा अधिकारीले जानकारी दिए । अनुसन्धान पछि दुई संदिग्धलाई नियन्त्रणमा लिएको थियो । तर उनीहरूको संलग्नता भने अझै पुष्टि गरेको छैन ।
भारतका लागि इजरायली उपराजदुत ओहद नकास कायनारले दुतावासका सबै कर्मचारी तथा कुटनीतिज्ञ सकुशल रहेको पुष्टि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार