मुम्बईको कारखानामा भीषण आगलागी, ६ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार १०:५४:४०
१५ पुस, मुम्बई । महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । जुन आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।
छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा करिब २ः१५ बजे देखी आगलागी सुरु भएको दमकल विभागले जनाएको छ ।
यसअघि भवनभित्र कम्तीमा ५ जना कर्मचारी फसेको स्थानीयले दाबी गरेका थिए । तर, दमकल विभागका अधिकारीहरूले पछि आगलागीमा ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
आगलागी हुँदा कारखाना बन्द रहेको र केही कामदार भित्र सुतिरहेको मजदुरले बताए । ‘आगो लाग्दा १०–१५ कर्मचारी भवन भित्र सुतिरहेका थिए। केही भाग्न सफल भए तर कम्तीमा पाँच जना भित्र फस्न पुगे,’ एक कर्मचारीले भने।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लास्टिकजन्य फोहोर नजलाउन वन तथा वातावरण मन्त्रालयको आग्रह
पुष २, २०८१ मंगलबार
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख बढीको क्षति
मंसिर ३०, २०८१ आइतबार
प्रधानमन्त्रीद्वारा धान्य पूर्णिमाको शुभकामना
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार