४२ वर्षको उमेरमा 'चित्रा'बाट सन्तोषको डेब्यू
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार १०:५९:७
१५ पुस, काठमाडौं । कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामा 'हिरो' हुने सन्तोष अधिकारीको सुषुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदैछ । डेब्यूको दिन नजिकिँदै गर्दा सन्तोषमा थोरै डर र धेरै उत्साह छ।
फिल्ममा केन्द्रीय भूमिकामा देखिदैंछन्, जहाँ उनलाई एउटी छोरीको बाबुका रूपमा देख्न सकिनेछ। डेब्यूलाई लिएर उत्साहित देखिएका सन्तोषले पोखरा लेकसाइडको भेटमा आफ्नो उमेर खुलाए। उमेरले उनी ४० कटिसकेका छन्। उनको ठ्याक्कै उमेर ४२ वर्ष हो । ४० कटेपछि अभिनयको संसारमा रमाउन आइपुगेका सन्तोष फिल्ममा हिरोको रूपमा यो उमेरमा भएको डेब्यूलाई स्वभाविक लिन्छन् ।
भन्छन् -कुनै पनि काम सुरु गर्न कहिले ढिला हुँदैन। सुरु नै नगर्नु चाहिँ समस्या हो। कुनै काम ढिला सुरु गर्ने म पहिलो होइन । भर्खरै ७० कटेकी हजुरआमा त्रिभुवन विश्वविद्यालयबाट दीक्षित हुनुभयो। उहाँले ढिला भयो ठान्नु भएको भए, त्यसबाट उहाँले पाउने असिम खुशी महसुस कसरी गर्नुहुन्थ्यो होला ररु कुनै पनि कुराको कल्पनामा रमाउनु जति मजा छ, त्यो भन्दा बढी मजा त त्यो कल्पनालाई साकार बनाउनुमा छ नि होइन र ? मेरो उमेरको हिसाब लगाउने हो भने त ती ७० कटेकी हजुरआमाको अगाडि मसँगै थुप्रै कुराहरू गर्न थुप्रै समय छ ।
'म लक्ष्य कति कठिन वा असहज छ भनेर यात्रा गर्न डराउने मान्छे होइन। म त्यो यात्रालाई तय गर्न हिँड्न रुचाउने मान्छे हुँ', सन्तोषले आत्मविश्वासका साथ भने।
सबै चिजको तुलना उमेरबाट हुन नसक्ने उनको तर्क छ। उनले खोज्दै जाँदा आफ्नो क्षमता र खुबी प्रस्तुत गर्न उमेर तगारो नभएका उदाहरण प्रशस्तै पाइने बताउँछन्। हुन पनि खोज्ने हो भने सन्तोषले भनेजस्तै काम गर्नलाई उमेर फगत एउटा सङ्ख्या हो भन्ने उदाहरण धेरै क्षेत्रमा छन्।
उनी ग्यालमरको क्षेत्र भएकाले यस्तो प्रश्न उठेको हुनसक्ने ठान्छन्। तर उनको बुझाइमा बलिउड-हलिउडमा पनि पाका हिरोहरूको बोलवाला जारी रहेकाले आफूलाई करियर सुरु गर्न उमेरले नछेकेको बताउँछन्। उनी 'चित्रा' सिनेमाबाट निक्कै आशावादी छन्।
फिल्मले उनलाई अभिनय र एक्सन गर्न सक्ने हिरोको परिचय दियोस् भन्ने चाहानामा छन् । फिल्ममा उनलाई एउटा मायालु बाबुसँगै गज्जब एक्सनमा देख्न सकिनेछ।
'चित्राको रिलिजपछि यी सबै जिज्ञासाको उत्तर पाउँछु होला। मेरो मेहनतले राम्रै परिणाम देला', उनी भन्छन्।उनले नेपाली एक्सन सुपरस्टार विराज भट्टको सम्झना गरे।
'खुकुरी फिल्ममा सानो भूमिकामा डेब्यू हुनुभयो तर हिरोको रूपमा पर्दामा आउन उहाँलाई डेब्यू हुन धेरै वर्ष लाग्यो। वर्षहरू लागे पनि उहाँ लक्ष्य पछ्याउनबाट थाक्नु भएन। पछि नेपाली फिल्मको सुपरस्टार त हुनु नै भयो, छिमेकी देशको भोजपुरी फिल्ममा पनि स्टार हुनुभएको छ। यस्ता कुराको ऊर्जाले नै हो, म डेब्यूका लागि तयार भएको हुँ। मलाई थाहा छ बाटो लामो छ तर म आफ्नो लक्ष्य भेट्नेमा ढुक्क छु', उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने
असोज ७, २०८१ सोमबार
चलचित्र ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक
असोज ६, २०८१ आइतबार
'मुभी लभर्स कम्युनिटी'ले 'आँखा'को विशेष प्रदर्शन गर्ने
असोज ३, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
सुन प्रतितोला १ लाख ६० हजार ७ सयमा कारोबार
असोज ९, २०८१ बुधबार
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
असोज ९, २०८१ बुधबार
गोरखाको अजिरकोटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ बिक्रीमा रोक
असोज ९, २०८१ बुधबार
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
असोज ९, २०८१ बुधबार
‘नियत सफा राखौँ, आचारण सुधारौँ’
असोज ९, २०८१ बुधबार