आज राति पोखरा लेकसाइडमा आतिसबाजी हुने
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार १४:३:५१
१५ पुस, पोखरा । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आइतबार राति आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी गरिएको आयोजक रेबान पोखराले जनाएको छ ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित २५औं ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गर्ने कार्यक्रम रहेको होे ।
रेवान पोखराले विगत २५ वर्षदेखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आइतबार मध्यराति १२ बजेपछि नयाँ अग्रेंजी वर्ष सुरु हुने भएकोले उक्त अवसरमा आतिसबाजी गर्न लागिएको हो ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारी भई रहँदा पोखरामा विगत लामो समयदेखि पर्यटन प्रबद्र्धनको निम्ति महोत्सव हुँदै आएको छ ।
आतिशबाजी हेर्न कास्कीसहित छिमेकी जिल्लाबाट समेत दर्शकहरु आउने गरेको बताइएको छ । सडक महोत्सवमा आइतबार वरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुुली, बद्री पंगेनी, चर्चित गायिक समीक्षा अधिकारी, लाहुरे र द एलिमेन्ट्सको प्रस्तुति रहने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
सुन प्रतितोला १ लाख ६० हजार ७ सयमा कारोबार
असोज ९, २०८१ बुधबार
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
असोज ९, २०८१ बुधबार
गोरखाको अजिरकोटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ बिक्रीमा रोक
असोज ९, २०८१ बुधबार
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
असोज ९, २०८१ बुधबार
‘नियत सफा राखौँ, आचारण सुधारौँ’
असोज ९, २०८१ बुधबार