खबरदार ! आइन्दा यस्तो नहोसः मन्त्री किराती
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार १६:१७:५६
१५ पुस,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले मन्त्री भएको एक वर्षपछि कर्मचारीहरुलाई खबरदारीको भाषा प्रयोग गरेका छन् । नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरूलाई उनले दिएको निर्देशन खबरदारीको भाषमा आएको छ । मुलत ग्राउण्ड ह्याण्डलिङको विषयमा नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक प्रदिप अधिकारीप्रति लक्षित यो निर्देशन देखिएको छ ।
आइतबार नेपाल नागरिक उड्डयन प्राधीकरणको २५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किरातीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरुले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीहरूले अनावश्यक कोकोहोलो गर्नु आवश्यक नभएको बताए । उनले ग्राउण्ड ह्याण्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरूको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न निर्देशन दिए । उनले देशलाई वायुसेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पारे ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अराजक नहुन उनको चेतावनी छ । वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ खोस्ने अधिकार कसले दियो भनेर प्रश्न गर्दै मन्त्री किराँतीले यसबारे कोकोहोलो गरेर धुवाँ नउठाउन चेतावनी दिए । मन्त्री किराँतीले निगमको जीवन मानिएको ग्राउण्ड ह्याण्डलिङ खोस्न प्राधिकरणले नसक्ने भएकाले अनावश्यक हल्ला नगर्न खबरदारी गरे । उड्डयन प्राधिकरणले मंसिर १५ गते वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ खोस्ने निर्णय गरेको थियो ।
वायुसेवा निगमले ६ दशकदेखि सेवा दिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्ने र प्रतिस्पर्धा गराएर दिने निर्णय प्राधिकरणले गरेको थियो । प्राधिकरणको उक्त निर्णयपछि निगम कर्मचारीले मंसिर १८ गतेदेखि १२ दिनसम्म आन्दोलन गरे । पर्यटन मन्त्रीकै सुझावअनुसार निगमका कर्मचारीले आन्दोलन स्थगन गरिसक्दा पनि फेरि ग्राउण्ड ह्याण्डलिङकै बारेमा अनावश्यक बहस गरिएको भन्दै मन्त्री किरातीले वायुसेवा निगमको अधिकार प्राधिकरणले खोस्न नसक्ने बताए ।
वायुसेवा निगम सुधार गर्न पनि नसक्ने, निगमको लागि दीर्घकालिन भिजन बनाएर काम गर्न नदिने र भएको सेवा पनि खोसेर राष्ट्रिय ध्वजाबाहकलाई बन्द हुन नदिने भन्दै प्राधिरकणलाई चेतावनीसहित अब निगमको विषयमा बहसै नगर्न पनि मन्त्रीले आग्रह गरे । ‘यहाँ वायुसेवा निगमको बारेमा बिना प्रसंग बढी किन कुराहरू उठ्छन् ? के तपाईहरू नीति निर्माता हो ? जानुहोस् आन्दोलन गर्नुहोस् । प्रधानमन्त्रीसँग डेलिगेसन गर्नुस् र अनुमति लिएर आउनुहोस् । वायुसेवा निगम राख्ने कि नराख्ने भन्ने यो सरकारको निर्णयको कुरा हुन्छ ।’
उनले भने, ‘यसमा त अझ राष्ट्रिय सहमतिको कुरा हुन्छ । पटक–पटक तपाईहरू किन वायुसेवा निगमको कुरा उठाउनुहुन्छ यहाँ ? हो त्यो सच्चिनुपर्छ, सुधार्नुपर्छ, विकास गर्नुपर्छ, हामीलाई पनि थाहा छ,’ उनले भने, ’वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ लिने कि नलिने भन्ने प्रश्नमा किन तपाईहरू ठूलो–ठुलो धुवाँ उडाउनुहुन्छ ? कोकोहोलो गर्नुहुन्छ ? आजदेखि बन्द गर्नुहोस् ।’
ग्राउण्ड ह्याण्डलिङ नीति निर्माता र कार्यकारीको सरोकारको कुरा भएको मन्त्री किरातीको भनाइ थियो । त्यो कसरी गर्ने भन्ने कुरा प्रधानमन्त्री, ठूला राजनीतिक दलको कुरा भएको उनले बताए । ’वायुसेवा निगम अहिले चाहिन्छ । त्यसलाई बचाउनको निम्ति ग्राउण्ड ह्याण्डलिङ चाहिन्छ । यही नै हो बटम लाइन । भोलि अर्को निर्णय नभइन्जेलसम्म अन्यथा यहाँहरूले यस विषयमाथि कुरा उठाउनुभयो भने त्यो नेतृत्वमाथि, नीतिमाथिको हस्तक्षेप हुन जान्छ, त्यो सह्य हुँदैन,’ उनले भने, ’आजको दिनदेखि यो अन्त्य, पूर्णविराम हुनुपर्छ । यो कुरा नउठाउनका लागि म गम्भिरताका साथ तपाईहरूलाई निर्देशन गर्छु । अन्यथा यति गरेर पनि तपाईहरूले उठाउनुभएछ भने त्यो राम्रो हुँदैन भन्नेकुरा तपाईहरूले बुझ्नुहोला ।’
वायुसेवा निगमको जिवन नै ’ग्राउण्ड ह्याण्डलिङ’मा रहेको भन्दै मन्त्री किरातीले असन्तुष्टि जनाए । उनले वायुसेवा निगमलाई कसले डुबाएको हो भन्ने प्रश्न गरेका थिए । अब सच्याउनुपर्ने अवस्थामा वायुसेवा निगम आएको उनले बताए । ’वायुसेवा निगमको पुनःसंरचना गरौँ । विधि, विधानमा के–के समस्याहरू हुन्छन् तिनीहरूलाई सच्याउँला । तर, नीति र नेतृत्वभन्दा माथि गएर जब तपाईहरूले कुरा उठाउनुभयो भने यो राम्रो हुँदैन भन्नेकुरा कडाइका साथ म भन्न चाहन्छु,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार