बालकुमारी घटनालाई गम्भिर रुपमा लिएर छानबिन गराउने गठबन्धनको निर्णय
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार १७:५:२
१५ पुस, काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरुले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर जाने सहमति गरेका छन् । गठबन्धनले सरकारले गठन गर्ने उच्चस्तरीय आयोगलाई पूर्ण रुपमा सहयोग गरी चाँडो निक्ष्कर्षमा पुर्याउन दवाव दिने भएको छ ।
सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग बनाउने निर्णय भोलीको मन्त्रिपरिषद बैठकबाट गराउने जानकारी दिए ।
भोलि विहान बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने विषय छलफलमा भएको बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए । उनले आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने जानकारी दिए । कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार