गठबन्धनको सहमतिसम्म प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका मन्त्री यथावत
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार १७:२६:३
१५ पुस, काठमाडौं । नेपाली कांग्रेस गठबन्धनमा सहएको सहमतिसम्म प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डनै रहने बताएको छ । गठबन्धनमा भएको सहमति सकिएपछि मात्र प्रधानमन्त्री फेरिने कांग्रेसको भनाइ छ । कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले अहिलेको सत्ता गठबन्धनको सहमति कायम रहेसम्म प्रचण्ड नै प्रधानमन्त्री रहने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन नभत्किँदासम्म र गठबन्धनले गरेको सहमति पूरा नहुँदासम्म प्रचण्डनै प्रधानमन्त्री रहने बताए । महामन्त्री गगन कुमार थापाले कांग्रेसले चाहेको दिन सरकार ढालिदिने भनेर एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले लोकतन्त्रमा कांग्रेसका महामन्त्री थापाले मात्रै नभएर आम नागरिकले सरकार ढालिदिन्छु भनिनै रहने टिप्पणी गरे ।
विश्वकर्माले तत्काल मन्त्रीहरु हेरफेर नहुने बताए । कांग्रेसबाट मन्त्री बनेका कसैलाई पनि तत्काल फिर्ता बोलाउने तयारी नरहेको बताए । प्रधानमन्त्री प्रचण्डले चाहेमा दलका नेतासँग सहमति गरेर हेरफेर मन्त्री हेरफेर गर्न सक्ने र पार्टीमा पनि सो विषयमा छलफल हुने उनले बताए । अहिले प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेरको विषयमा कांग्रेसलाई कुनै प्रस्ताव नै नगरेकाले यस विषयमा छलफलसमेत नभएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट नौ जना मन्त्री रहेका छन् । उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छ । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं रक्षा मन्त्रीको जिम्मेवारीमा खड्का रहेका छन् ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायण प्रसाद साउद, स्वाथ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सीता गुरुङ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्य र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार