आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि, ढिके नुनको प्रयोग घट्दै

इन्द्र रिजाल
बैशाख ६, २०७६ शुक्रबार १८:३२:२५

डोटी । जिल्लाका ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ ।
वर्षौदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जोरायल गाउँपालिका– ५ का स्थानीय लालबहादुर सार्कीले बताए ।
उनले भने, “पहिला आयोडिन नुन पाउँदैन थियो । अहिले सहजै आयोडिन युक्त नुन पाउन थालेपछि हामीले ढिके नुन खान छोड्दै छौँ ।” साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँमा पनि नुनको गोदामको व्यवस्था गरी बिक्री गर्न थालेपछि उपभोक्तालाई आयोडिन युक्त नुन किन्न सजिलो भएको हो ।
जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो रु १६ मा आयोडिनयुक्त नुन वितरण हुन थालेपछि जिल्लाका सात स्थानीय तहका नागरिकलाई मागअनुसारको नुन प्राप्त गर्न सजिलो भएको छ । यसभन्दा पहिले जिल्लाको दिपायल पिपल्लामा मात्रै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले शाखा स्थापना गरी नुन वितरण गर्दै आएको थियो ।
विगतमा आयोडिनयुक्त नुन लिनका लागि टाढा जानु पर्ने भएकाले पनि स्थानीयहरु ढिके नुन नै बढी प्रयोग गर्र्ने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीय दीपक खवासले बताए । उनले भने, “नुन लिनका लागि घण्टौ हिडेर दिपायल पुग्नु पथ्र्यो । अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको छ ।”
आयोडिनयुक्त नुन किन्नका लागि जिल्ला सदरमुकाम लगायतका बजारमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको सलेनाका स्थानीय जगतबहादुर बलायरले बताए । उनले भने, “सस्तो र भनेको ठाउँमा आयोडिनयुक्त नुन पाउन थालेपछि अहिले गाउँमा ढिके नुन विस्तारै लोप हँुदै जान थालेको छ ।”
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायलकाअनुसार गाउँ बस्तीमै सरकारी अनुदानको आयोडिन नुन वितरण हुन थालेपछि ढिके नुनको प्रयोग पछिल्लो समय निकै घट्दै गएको छ । आयोडिन नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै गएको रानागाँउ एलाका स्वास्थ्य कार्यालयका प्रमुख बेदप्रकाश जोशीले बताए।
उनले भने, “शरीरमा हुने अनावश्यक रोग हटाउन तथा आयोडिन पाउनका लागि भए पनि आयोडिनयुक्त नुन प्रयोग गर्न सबैलाई जरुरी छ ।” आयोडिनयुक्त नुनका कारण यहाँका ग्रामीण क्षेत्रमा ढिके नुनको आयात रोकिँदै गएको छ ।
आयोडिनयुक्त नुनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक रुपमा जनचेतना फैलाउन सके प्रयोगदर अझ बढ्ने डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनुभयो । उनले भने, “नुन बिक्रीभन्दा पनि त्यसबाट हुने फाइदाका बारेमा जानकारी दिन सके ढिके नुन आफै विस्थापित हुनेछ ।”
जिल्लाको कूल जनसङ्ख्याको ७० प्रतिशतले आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखा कार्यालयको दाबी छ । गाउँमा आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढाउनका लागि यहाँका गाउँपालिकाले पनि सहुलियत दरका पसल खोली गाउँगाउँमा आयोडिनयुक्त नुन बिक्री वितरण गरिरहेका छन् ।
ढिके नुन विस्थापित गराई आयोडिन युक्त नुन मात्रै चलन चल्तीमा ल्याउने गरी योजना बनाउने तयारी भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताए। उनले भने, “सबैलाई अनिर्वाय आयोडिनयुक्त नुन प्रयोग गर्न उत्साहित गर्न हामी छिट्टै नै नयाँ योजना बनाएर वडा वडामा छिर्ने छौँ ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवीरगञ्ज नाका भएर ७ महिनामा १ खर्ब ४ अर्बको इन्धन आयात हुँदा ४३ अर्ब ११ करोड उठ्यो राजस्व
फागुन १३, २०८१ मंगलबार
विद्युत नियमन आयोगले घिसिङलाई दिएन बक्यौता नतिर्ने उद्योगमा जोडिएको विजुली काट्ने अनुमति
फागुन ११, २०८१ आइतबार
तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार