चुनावमा कडा प्रतिस्पर्धा गरेपनि अन्य विषयमा नेपालका दलहरूको मेलमिलाप कायम रहनुपर्छः देउवा
नेपालबहस संवाददाता
पुस १६, २०८० सोमबार १७:३२:११
१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भएपनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको बताएका छन् । उनले नेपालका दलहरूबीचको सम्बन्ध देखेर विदेशीहरू छक्क पर्ने गरेको सुनाए ।
सोमबार राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा काठमाडौंमा भएको कार्यक्रममा सभापति देउवाले बीपी कोइरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । ‘बीपी कोइराला सानो देशको ठूलो मानिस हो । धेरै ठूलो आँट र हिम्मत गर्न सक्ने नेता हो । उहाँ राजनीतिमा मात्रै होइन, अरू धेरै कुरामा उहाँ विशिष्ट प्रतिभा भएको व्यक्ति हो,’ देउवाले बीपीका बारेमा भने, ‘उहाँ ज्यानै जाने वातावरण हुँदा पनि मार्ने भए पनि ठीकै छ भनेर मेलमिलापको नीति लिएर देश फर्किएको व्यक्ति हो, त्यहीकारण हामीलाई यो उच्चसम्मान र श्रद्धाले सम्झिन्छौँ । अहिले पनि हामीभित्र मेलमिलापको भावना कायम छ ।’
देउवाले दलहरूले वैचारिक र राजनीतिक रूपमा मतभेद र प्रतिस्पर्धा गरे पनि राष्ट्रियता, विकास र आर्थिक समृद्धिका विषयहरूमा भने एकतावद्द हुने अभ्यास गर्नुपर्ने बताए । ‘हाम्रा आफ्ना मतभेदहरू, पार्टीका वैचारिक मतभेदहरू र पार्टीगत मतभेदहरू आफ्नो ठाउँमा छन् । राम्रो कुरा के छ भने सबै पार्टीहरू एकै ठाउँमा बस्ने परम्परा बनेको छ ।
यस्तो देख्दा मान्छेहरू छक्क पर्छन् । विदेशीहरू पनि छक्क पर्छन्,’ देउवाले अघि भने, ‘प्रतिस्पर्धाका बाबजुद एकअर्काप्रति हाम्रो सद्भाव र मेलमिलाप पनि छ । बोलीचालीको बातावरण, भाइचाराको वातावरण जो छ, यस्तो धेरै कम देशहरूमा मात्रै छ ।’ उनले गणतन्त्रको विकल्प गणतन्त्रमात्रै हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
पुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार