शिक्षा र खेलकुद एक सिक्काका दुई पाटाः राष्ट्रपति
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १३:४२:४०
१७ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद विकासको अभिन्न अंग रहेको बताए ।
उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताए । शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको भन्दै उनले कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्कमात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताए ।
पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताए । परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षामा उनको जोड छ । विद्यार्थीहरूको खेलकुदमा संलग्नता समृद्धि, सफलता, समाज निर्माणको आधार भएको राष्ट्रपति पौडेलको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार