धूममा शाहरुख खानकाे इन्ट्री मुख्य भूमिका हाेला त ?
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १५:२:५०
१७ पुस, काठमाडाैं । धूमका तीन सफल फ्रेन्चाइज फिल्मपछि यशराज प्रोडक्सनले चाँडै नै चौथो फिल्म धूम ल्याउने भएको छ । पठान, जवान र डंकीको चर्चामा रहेको यस फिल्ममा शाहरुख खानलाई मुख्य भूमिका दिने बताइएको थियो । तर, पछिल्लो रिपोर्ट अनुसार शाहरुख खानले अहिलेसम्म यो फिल्म साइन भने गरेका छैनन् ।
हालै फिल्म निर्माणसँग जोडिएको एक स्रोतले दिएको जानकारी अनुसार शाहरुखलाई धूम ४ मा साइन गरिएको छैन । उनले भने, ‘धूम ४ मा शाहरुखलाई कास्ट गरेको खबर गलत हो । अहिलेसम्म केही टुङ्गो लागेको छैन ।’
फिल्ममा शाहरुख खानसँगै साउथका सुपरस्टार रामचरण पनि महत्त्वपूर्ण भूमिकामा देखिने खबरहरू आएका छन् । धूम फ्रेन्चाइजीमा रामचरणले अभिषेक बच्चनको स्थान लिने दाबी गरिएको छ ।
बलिउड अभिनेता तथा निर्माता उदय चोपडा पछिल्लो ३ धूम फ्रेन्चाइजी फिल्मका हिस्सा रहेका छन् । हालै उदयले एक अन्तर्वार्तामा धूम ४ मा शाहरुख खान चोरको भूमिकामा उत्कृष्ट देखिने बताएका थिए । उनको भनाइलाई मानिसहरूले धूम ४ को कास्टिङतर्फ सङ्केतका रूपमा लिए र हल्ला चल्न थाले ।
धूम भारतीय सिनेमाको उत्कृष्ट फ्रेन्चाइजी मध्ये एक हो । धूम फ्रेन्चाइजीको पहिलो फिल्म सन् २००४ मा रिलिज भएको थियो, जसमा जोन अब्राहम, अभिषेक बच्चन, उदय चोपडाको महत्त्वपूर्ण भूमिका थियो। फिल्म धुम २ सन् २००६ मा रिलिज भएको थियो, जसमा ऋतिक रोशन, अभिषेक बच्चन, ऐश्वर्या राई, उदय चोपडाको महत्त्वपूर्ण भूमिका थियो ।
तेस्रो फिल्म धुम ३ २०१३ मा रिलिज भएको थियो, जसमा आमिर खानले दोहोरो भूमिका निर्वाह गरेका थिए। फिल्ममा उनीसँगै कट्रिना कैफ पनि मुख्य भूमिकामा थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार