सुटिङकै बीचमा सक्दिन भनेर भागेका शिव कसरी हिरो बने ?
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १५:१६:३७
१७ पुस, काठमाडौं । । अभिनेता शिव श्रेष्ठले डेब्यु फिल्म ‘जीवनरेखा’को सेट छाडेर तीन पटक भाग्ने कोशिस गरेको बताएका छन् ।
प्रकाश सुवेदीको सोमा आफ्नो चलचित्र यात्राको कुरा गर्दै उनले संयोगले हिरो बनेको र सुटिङकै बीचमा सक्दिन भनेर भाग्न चाहेको बताएका हुन् । उनले आफूलाई अभिनयमा रुचि नभए पनि निर्देशक प्रकाश थापाले कसरी हिरो बनाए भन्ने कुराको पनि स्मरण गरेका थिए ।
‘विराटनगरको जलजला हलमा उहाँको सिन्दुर भन्ने चलचित्र चलिरहेको रहेछ । सोही सिलसिलामा उहाँ जलजला आएको बेला क्याराम बोर्ड खेलिरहेका साथीहरु उहाँलाई भेट्न गएपछि म पनि गएको थिएँ । त्यसको भोलिपल्ट उहाँले मलाई फिल्म खेल्न प्रस्ताव गर्नुभयो,’ उनले भनेका छन्, ‘ उहाँले तिमी हिरो बन्नुपर्छ भन्दा ,मलाई फाइट साइटको रोल दिनुस् भनेको थिएँ । तर अन्तर्वार्ता के के गर्दा मलाई नै छान्नु भएछ । तर सुरु गर्ने बेलामा मात्र होइन, सुटिङको बीचमा पनि सक्दिन भनेर मैले भाग्ने कोशिस गरेको थिएँ ।’
उनले निर्देशक प्रकाश थापाको नक्कल गर्दा गर्दै पहिलो फिल्मको काम सकाएका पनि बताएका थिए । विसं २०३९ सालमा प्रदर्शन भएको चलचित्रबाट शिव श्रेष्ठसँगै अर्जुनजंग शाहीले पनि डेब्यु गरेका थिए ।
मन्जुकुमार श्रेष्ठले छायांकन गरेको चलचित्रमा नेपालको पहिलो रंगिन चलचित्र कुमारी अभिनेत्री चैत्यदेवीले मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार