‘पर्खी बसेँ तिमीलाई’को शीर्ष गीत सार्वजनिक
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १५:३१:४८
१७ पुस, काठमाडौं । यही २७ पुसमा प्रदर्शन हुने फिल्म ‘पर्खी बसेँ तिमीलाई’ मा समावेश शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको सङ्गीत र डाक्टर कृष्णहरी बरालको शब्द रहेको छ । हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा यसै फिल्ममार्फत डेब्यु गर्दै गरेका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी फिचर्ड छन् । यसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
यो दुईको प्रेम र समर्पणलाई गीतमा चित्रण गरिएको छ । यसको सार्वजनिक ट्रेलरलाई दर्शकले रुचाईरहेका छन् । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा हासो, रोदन, एक्सन, विछोड सम्पूर्ण कुराको मिश्रण छ । निर्देशक श्रेष्ठले ‘पर्खी बसेँ’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई डेब्यु गराएका थिए । यसपटक उनेल ‘पर्खी बसेँ तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गराएका छन् ।
गीतमा देखिएका किरण र रक्षाले शिर्ष गीतको छायांकन रमाइलो भएको सुनाए । ‘पहाडी भेगमा दृश्य हेर्दा निकै मनोरम लाग्थ्यो तर हामीले निकै मेहनत गरेर ती दृश्यलाई पर्दासम्म ल्याएका छौं । किनकि त्यहाँ जति मनोरम दृश्य थियो, कैद गर्न त्यति नै गाह्रो', किरणले भने ।
अभिनेत्री रक्षाले फिल्ममा लिएर आफू उत्साहित रहेको बताइन । ‘गीतमा देखिएको दृश्यले पनि यसमा गरिएको मेहनतलाई प्रस्ट्याउछ । प्रेम कथानक फिल्ममार्फत दर्शक सामु आउंदै छु । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएकी छु’, रक्षाले भनिन् । निर्माता राजाराम बुढाथोकीले विना सम्झौता फिल्म तयार गरिएको जानकारी दिए ।
रोमन फिल्म र तपश्री फिल्म्स ९सिक्किम० को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।
यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ । यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
विगतका वर्षमा ६८ अर्बमाथि राजस्व दिने घरजग्गा कारोबार किन सुस्त ?
बैशाख २३, २०८१ आइतबार
काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहरका रुपमा सूचीकृत
बैशाख २३, २०८१ आइतबार
हुम्लाका युवालाई ४५ दिने आधारभूत कम्प्युटर तालिम
बैशाख २३, २०८१ आइतबार
नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने
बैशाख २३, २०८१ आइतबार
महावाणिज्य दूत बनाउने गरी ढुगानाको परराष्ट्रमा सरुवा, राजश्वमा पुगे बुढा
बैशाख २३, २०८१ आइतबार
रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल
बैशाख २३, २०८१ आइतबार