‘इण्डियन पुलिस फोर्स’देखि ‘रोल प्ले’सम्म स्ट्रिमिङ हुँदै
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १६:२०:३८
१७ पुस, काठमाडौं । सोमबार विश्वभर इस्वी संवतको नयाँ वर्ष २०२४ मनाइयो । यो अवसरमा मानिसले रुचिअनुसार काम गरिरहेका छन् । उत्सवको माहोललाई दोब्बर बनाउन केही ओटीटी प्लाटफर्मले जनवरी महिनामा चलेका फिल्म र सिरिज स्ट्रिमिङ गर्दैछन् ।
हलमा हिट भएकादेखि राम्रो समीक्षा प्राप्त गरेका भारतीय फिल्म र सिरिज जनवरीमा स्ट्रिमिङ हुँदैछन् । यो सूचीमा ‘इण्डियन पुलिस फोर्स’देखि ‘रोल प्ले’सम्म छन् ।
‘इण्डियन पुलिस फोर्स’ अमेजन प्राइम भिडियोमा १९ जनवरीमा रिलिज हुँदैछ । रोहित शेट्टी निर्देशित यो श्रृंखला विश्वभरका दर्शकलाई रोमाञ्चक अनुभव प्रदान गर्न तयार छ ।
एक्सनप्रधान यो श्रृंखला भारतीय प्रहरी अधिकारीको योगदानको चर्चा गरिएको छ । यसमा शिल्पा शेट्टी कुन्द्रा, विवेक ओबराय, श्वेता तिवारी, निकितिन धीर, ऋतुराज सिंह, मुकेश ऋषि र ललित परिमुजस्ता कलाकारको अभिनय छ ।
शशांक चतुर्वेदीको निर्देशनमा बनेको ‘दो पट्टी’ले दर्शकलाई उत्तर भारतको पहाडमा लैजान्छ । कृति सेनन र काजोल अभिनित यो फिल्म रहस्य र चासोले भरिपूर्ण छ । रिलिज मिति अझै तय गरिएको छैन, तथापि यो नेटफ्लिक्समा स्ट्रिमिङ हुनसक्छ ।
अभिषेक चौबेले निर्देशन गरेको क्राइम थ्रिलर ‘किलर सूप’ सिरिजमा मनोज बाजपेयी र कोंकणा सेन शर्माको अभिनय छ । दक्षिण भारतीय कथा समेटिएको सिरिजमा एक घरेलु शेफले आफ्नो पतिको ठाउँमा प्रेमीलाई बदल्न खोजेको षड्यन्त्रको पृष्ठभूमिको वरिपरि घुम्छ । यो क्राइम थ्रिलर सिरिज जनवरी ११ मा ओटीटीमा रिलिज हुनेछ ।
‘कर्मा कलिङ’ अमेरिकी नाटक श्रृंखला ‘रिभेन्ज’को हिन्दी संस्करण हो । यो श्रृंखला धनी कोठारी परिवार र उनीहरुको रोचक कथामा आधारित छ । यसमा रविना टण्डन मुख्य भूमिकामा छिन् । यो नयाँ रिभेन्ज ड्रामा डिज्नी प्लस हटस्टारमा २६ जनवरीमा रिलिज हुनेछ ।
सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’मा बाबु र छोराको सम्बन्ध देखाइएको छ, जसमा रणवीर कपुरले आक्रामक भूमिका निर्वाह गरेका छन् । यसको कथा बदला, परिवारप्रतिको बफादारी र जिद्दी छोराको बारेमा हो । यो फिल्म नेटफ्लिक्समा १४ वा १५ जनवरीमा रिलिज हुने अपेक्षा गरिएको छ ।
मेघना गुल्जार निर्देशित फिल्ड मार्शल साम मानेकशाको बायोपिक फिल्म ‘सामबहादुर’मा विक्की कौशल मुख्य भूमिकामा छन् । भारतीय गणतन्त्र दिवसमा यो फिल्म जी फाइभमा रिलिज हुनेछ ।
निकोल किडम्यान दर्शकमाझ नयाँ सिरिज ‘एक्सपाट्स’ लिएर आउँदैछिन् । ये लीको सन् २०१६ को उपन्यास ‘द एक्सपाट्रिएट्स’ मा यसको कथावस्तु आधारित छ । कथा हङकङमा घटित हुन्छ र ती महिलाको समूहको वरिपरि घुम्छ, जसको जीवन एकदमै परिवर्तन भएको छ । कथामा धेरै कुरा लुकेका छन् । यो सिरिज २६ जनवरीमा प्रिमियर हुँदैछ ।
यदि तपाईं नाटकको प्रशंसक हुनुहुन्छ भने तपाईंले केली कुको ‘रोल प्ले’ हेर्नुपर्छ । यो शृंखलामा कुओकोले पत्नी र जासूस दुवैको भूमिका खेल्छिन् । गहिरो कथामा जब पतिले आफ्नी पत्नीले पहिचान लुकाएको थाहा पाउँछन्, त्यसपछि उनले पत्नीबारे थप जान्ने प्रयास गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार