बिहीबार नेपाल आउने भारतका विदेशमन्त्री जयशंकरसँग उर्जा खरिदसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १७:११:४४
१७ पुस, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबार काठमाडौंमा हुँदैछ ।
नेपाल भ्रमणका बेला भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् भने भारतको नेतृत्व जयशंकरले गर्नेछन् ।
जयशंकरको नेपाल भ्रमणका बेला नेपाल र भारतबीच दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । दीर्घकालीन उर्जा खरिदसम्बन्धी सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रकम बढाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।
पहिला ‘साना विकास परियोजना’ नामले चिनिने परियोजनालाई हाल ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ नाम दिइएको छ । यो परियोजनाअन्तर्गत भारतले एउटा परियोजनामा अहिले बढीमा पाँच करोड रुपैयाँ लगानी गर्न पाउँछ । अब यसलाई बढाएर २० करोड रुपैयाँ पुर्याउन लागिएको परराष्ट्रले जनाएको छ ।
सन् २००३ देखि हालसम्म भारतले नेपालमा विभिन्न क्षेत्रमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेको छ । नेपाल र भारतबीच स्थापना गरिएका संयन्त्रमध्ये सबैभन्दा महत्वपूर्ण परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोग मानिन्छ । संयुक्त आयोगको बैठकमा नेपाल–भारत बीचका सम्पूर्ण आयामहरूमा छलफल गरिन्छ ।
सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठक भारतको नयाँदिल्लीमा सन् २०२१ जनवरीको दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास रहेको छ । यसैबिच परराष्ट्रमन्त्री एनपी साउदले आज पूर्वपरराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूसँग छलफल गरेका छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका शिलशिलामा साउदले छलफल गरेका हुन् । छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूबाट नेपाल–भारत सम्बन्धका विभिन्न कार्यसूचीहरूमा सुझाव प्राप्त भएको बताइएको छ ।
उनीहरूले भारतसँगको नेपालको सम्बन्ध महत्त्वपूर्ण रहेकोमा जोड दिँदै सम्बन्धलाई मित्रवत्, सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानु पर्ने सुझाव दिए ।
बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनुपर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नु पर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुटलगायत विषय सम्बोधन गर्नुपर्ने विषयमा पनि उनीहरूले सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार