भारतको असाममा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १२:१:३४
१८ पुस, असाम । आसामको गोलाघाट जिल्लाको डेरगाउँ क्षेत्र नजिक आजबिहान बस र ट्रकबीच भीषण ठक्कर भएको छ । सो सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।
गोलाघाटका एसपी राजेन सिंहले यो दुर्घटना गोलाघाटको डेरगाउँ नजिकै बलिजान क्षेत्रमा बिहान ५ बजे भएको थियो, उनका अनुसार अहिले घाइतेहरूको उपचार भइरहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सो बसमा ४५ जना सवार थिए । जोरहट मेडिकल कलेज र अस्पतालका एक वरिष्ठ डाक्टरले पत्रकारहरूलाई दिएको जानकारी अनुसार सो दुर्घटनामा घाइते भएका मध्ये ३० जनाको उपचार भइरहेको छ।
गोलाघाटको कामरगाउँबाट तिनसुकिया जिल्लाको तिलिंगा मन्दिरतर्फ पिकनिकका लागि जाँदै गरेको बस बिहान साढे ४ बजे सडकमा रहेको ट्रकसँग ठोक्किएर दुर्घटना हुन पुगेको जनाइएको छ । जोरहाट दिशाबाट ट्रक गलत दिशामा आउँदै गरेको प्रहरीले जनाएको छ । बस सही बाटोमा थियो तर दुवै सवारी साधन तीव्र गतिमा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण
असोज ९, २०८१ बुधबार
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ : ट्रम्प
असोज ९, २०८१ बुधबार
थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने
असोज ९, २०८१ बुधबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
छविको बयानः जीबीलाई फकाउँदै गोर्खा मिडियामा आएको सहकारीको पैसामा रविले रजगज गरे
असोज ९, २०८१ बुधबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिको विरोधमा नेपाल बार ( फोटो फिचर )
असोज ९, २०८१ बुधबार
साईकलसहित अबैध सालको काठ बरामद
असोज ९, २०८१ बुधबार
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा ‘तीनधारे झरना’
असोज ९, २०८१ बुधबार
चट्याङ लागेर बाजुरामा एक वृद्धको मृत्यु
असोज ९, २०८१ बुधबार