राष्ट्रियसभा सदस्यको सीट भागबण्डाका विषयमा एमालेसँग छलफल गर्न कांग्रेस र माओवादी सहमत
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १२:११:५१
१८ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यको यो निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सातै प्रदेशमा निल हुने भएपछि नेपाली कांग्रेस र नेकपा माओवादीले सीट भागबण्डामा एमालेसँग सहकार्य गर्ने सहमति गरेका छन् । यसअघि एमालेले कांग्रेससंग सहकार्यको प्रस्ताव पठाएको थियो ।
एमालेले कांग्रेस र एमाले मिलेर जाँदा सहज हुने भन्दै आफूलाई १३ सीट राखेर ७ सीट दिन प्रस्ताव गरेको थियो । तर, गठबन्धनमा समस्या आउने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेको प्रस्ताव अश्विकार गरेका थिए । राष्ट्रियसभा सदस्यको सीटमा सहकार्यबारे एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेको थियो ।
मंगलबार विहान पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । बुधबार विहान कांग्रेस र माओवादीका नेताहरुको बैठकमा प्रधानमन्त्रीले एमालेसँग पनि सहकार्यका लागि छलफल गरौ भन्ने प्रस्ताव गर्दा कांग्रेसले स्वीकार गरेपछि आजै साझ एमालेसहित गठबन्धनका नेताहरुको बैठक बोलाइएको छ । सत्ता गठबन्धनका नेताहरुले प्रमुख प्रतिपक्षी दल एमालेसँग पनि छलफल गरेर सीट संख्या टुंगो लगाउने पक्षमा पुगेका छन् ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । यो छलफलपछि आजै कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक अपराह्न तीन बजे बोलाइएको छ । गठबन्धनको बैठकपछि साँझ ५ बजे नेकपा एमालेसँग संयुक्त बैठक बस्ने भएको हो ।
बुधबार बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार