बलिउड अभिनेता आमिर खानकी छोरी आयराको आज कोर्ट म्यारिज

नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १५:८:५९

१८ पुस, काठमाडौं । बलिउड अभिनेता आमिर खानकी छोरी आयरा खान र फिटनेस ट्रेनर नुपुर शिखरे बुधबार विवाह बन्धनमा बाँधिदैछन् । दुवैले आज अदालती विवाह गर्दैछन् । त्यसपछि आजै साँझ करिब ६ः३० बजे नुपुर विवाहको जुलुससहित ताज ल्यान्ड्स एन्ड पुग्नेछिन् ।
यसअघि मंगलबार विवाह संस्कार सम्पन्न भएको थियो । हल्दी समारोहमा आमिरका पूर्वपत्नी रीना दत्ता र किरण राव दुवै सँगै देखिएका थिए । दुवैजना नौवारी सारी 'महाराष्ट्रीयन साडी' लगाएको देखिएकी थिइन् ।नुपुरले सामाजिक सञ्जालमा अनुष्ठानका केही तस्बिर सेयर गरेकी छन् । जसमा दुवैले परम्परागत पहिरन लगाएका छन् । उनीहरु एकअर्कालाई खाना खुवाउँदै गरेको देखियो ।
कोर्ट म्यारिजपछि राजस्थानको उदयपुरमा जनवरी ८ मा डेस्टिनेशन वेडिङ हुँदैछ । साथै, रिसेप्शन १३ जनवरीमा मुम्बईको प्रसिद्ध जियो वर्ल्ड सेन्टरमा हुनेछ। रिसेप्शनमा बलिउड सेलिब्रेटीहरु सहभागी हुनेछन् । रिसेप्शनमा आमिरले पाहुनालाई उपहार ल्याउन निषेध गरेका छन् र आशीर्वाद दिन मात्रै भनिएको छ ।
जिओ वर्ल्ड सेन्टर मुम्बईको बीकेसी क्षेत्रमा छ। यहाँ यस समारोहको लागि बुक गरिएको बलरूममा एकै पटक तीन हजार व्यक्ति उपस्थित हुन सक्नेछन्। यो बलरूम जियो वर्ल्ड सेन्टरको तेस्रो तल्लामा छ। यो तेस्रो तल्ला ३२ हजार २ सय ८० वर्ग फिट मा फैलिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
फागुन १५, २०८१ बिहिबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
झापामा जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु
फागुन १५, २०८१ बिहिबार
मुस्लिम समुदायको अधिकार कार्यान्वयनमा माओवादी गम्भीर : अध्यक्ष प्रचण्ड
फागुन १५, २०८१ बिहिबार
अर्थ मन्त्रालयले बनायो बजेट लेख्ने टीम, संयोजकमा श्रीकृष्ण नेपाल
फागुन १५, २०८१ बिहिबार
तासको विषयमा विवाद, साउथ इन्डियन फिल्म ‘मारको’को नक्कल गरेर साथीको हत्या
फागुन १५, २०८१ बिहिबार
सरकारले गर्यो एकैपटक ७८ जना सहसचिवको सरुवा (नामावलीसहित)
फागुन १५, २०८१ बिहिबार