प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीबीच हितग्राहीका लागि छुट सम्झौता
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १५:५६:५
१८ पुस, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंग आफ्ना हितग्राहीलाई सेवामा छुट दिन व्यवसायिक समझौता गरेको छ । बुधबार गरिएको उक्त सम्झौता २ वर्षका लागि लागू हुने भएको छ ।
सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्तर्गतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहक महानुभावहरूले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २०% छुट अफर पाउने भएका छन् ।
प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्र्फमेशन तथा परिचय पत्र देखाई देखाउनु पर्ने बताएका छन् । कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।
सिद्धार्थ ग्रुपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिटयालिटी सेवाहरु दिदै आएको छ जसमा हाल १४ होटेल तथा रेर्सोट, ४ रेष्टुरेन्ट रहेको छ तथा २ कैफ गरि २० स्थानबाट सेवा दिदै आएको छ जसमा सिद्धार्थ बुटिक होटल बौद्ध, सिद्धार्थ कटेज रेष्टुरेन्ट तीनकुने, क् कैफे सुविधानगर, तीनकुने, सिद्धार्थ कटेज रेष्टुरेन्ट धोबीघाट, सिद्धार्थ फुडल्यान्ड पुरानो बानेश्वर, सिद्धार्थ कटेज एण्ड होटेल बुटवल, सिद्धार्थ भिलासा भैरहवा, सिद्धार्थ होटल ग्रीन लुम्बिनी, सिद्धार्थ भिलासा चितवन, रिभर साइड रिसोर्ट चुम्लिङ्गटार, चतवन, सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट चन्द्रौटा, सिद्धार्थ नेपालगन्ज, कटेज रेष्टुरेन्ट नेपालगन्ज, क् कैफे नेपालगन्ज, सिद्धार्थ होटल टीकापुर, कैलाली, सिद्धार्थ रिसोर्ट चिसापानी, कैलाली, सिद्धार्थ होटल ग्रान्ड सिटी बिर्तामोड, सिद्धार्थ होटल न्यू आनन्द महेन्द्रनगर, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ होटल वाटर टावर नुवाकोट आदि रहेका छन् भने आउटलेट अझा थपिने क्रम जारी छ ।
प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो जसले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरूलाई प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त समय समयमा यस्ता व्यवसायिक सम्झौता गरी यस्ता छुट तथा अफर सुविधा माफएत ग्राहकलाई थप सन्तुष्टि दिन समेत अग्रसर रहेको बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
कुमारी बैंकको शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा
मंसिर ६, २०८१ बिहिबार
आज दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार