टेस्ट क्रिकेट : भारतविरुद्ध दक्षिण अफ्रिका ५५ रनमा अलआउट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १६:३८:१७
१८ पुस, काठमाडौं । भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ । दोस्रो टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले केवल २३.२ ओभरमा अल आउट हुँदै ५५ रन मात्र बनाएको हो ।
दक्षिण अफ्रिकाका ब्याट्सम्यान कील भेरेयन्नेले सर्वाधिक १५ रन बनाए भने डेभिड बेडीङघमले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकालाई ५५ रनमा अल आउट गर्नेक्रममा भारतका बलर मोहमद सिराजले सर्बाधिक ६ विकेट लिएका थिए भने जसप्रित बमराह र मुकेश कुमारले २-२ विकेट लिएका थिए ।
टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले एक इनिङमा बनाएको आठौँ सबैभन्दा कम टोटल हो । टेस्ट क्रिकेटको इतिहासमा दक्षिण अफ्रिका दुई पटक सबैभन्दा कम ३०-३० रनमा अलआउट भएको रेकर्ड रहेको छ । दुवै पटक नै इङ्ल्याण्डसँग ३०(३० रनमा अल आउट भएको थियो ।
२ खेलको जारी टेस्ट सिरिजमा दक्षिण अफ्रिका १-० ले अगाडी रहेको छ । पहिलो टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई एक इनिंग र ३२ रनले पराजित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभरतपुर महानगरद्वारा क्रिकेटर लामिछानेको सम्मान
असार १८, २०८१ मंगलबार
को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?
असार १८, २०८१ मंगलबार
दिनेश कार्तिक आरसीबीको ब्याटिङ प्रशिक्षक र मेन्टर नियुक्त
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्रीले नै वैकल्पिक सरकार बनाउन खोजेपछि यो कदम चालिएको हो : ज्ञवाली
असार १८, २०८१ मंगलबार
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
असार १८, २०८१ मंगलबार