अज्ञात रोगको कारण गाईघाटमा एकैघरका १८ माउ बाख्रा मरे
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १६:४९:४०
१८ पुस, उदयपुर । अज्ञात रोगको कारण उदयपुर सदरमुकाम गाईघाटमा एकैघरका १८ माउबाख्रा एकैपटक मरेका छन् । जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित आदर्श टोलका हिमचुली कृषि उधम केन्द्रका संचालक कृषक प्रेम बहादुर खड्काले पालेका १८ माउबाख्रा एकैपटक मरेका हुन ।
अज्ञात रोगका कारण कृषक खड्काको गोठनै रित्तिनेगारी १८ माउबाख्रा एकैपटक मरेको वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले बताए । मंगलबार विहान एकैपटक ९ वटा बाख्रा मरेको भन्दै कृषकले बोलाएपछि कृषकको घरमा पुगेका वडा अध्यक्षले कृषकको घरबाट नै पशु प्राविधिकलाई खबर गरेका थिए ।
मंगलबार आफैले पशु प्राविधिकलाई कृषकको घरमा पठाईदिएपनि उपचार गर्दा गर्दै मंगलबार साँझ सम्म १८ वटा बाख्रा मरेको वडा अध्यक्षको भनाई छ । सोमबार राती आफुले पालेका बाख्रामा अचानक समस्या देखिएको र ९ वटा बाख्रा एकैपटक मरेको कृषक खडकाले बताए ।
उपचार गर्दा गर्दै मंगलवार साँझ सम्ममा १८ वटा बाख्रा एकैपटक मरेपछि कृषक खड्कालाई ठूलो आर्थिक नोक्सानी भएको छ । सुविधा सम्पन्न पशु प्राविधिक र औषधि उपलब्ध हुने स्थानमै २४ घण्टा भित्रै १८ वटा माउबाख्रा मर्नु गम्भीर रहेको स्थानीय कृषकको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार