पोल्याण्डद्वारा युक्रेनलाई लामो दुरीका मिसाइल उपलब्ध गराउन आग्रह
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १७:१७:२२
१८ पुस, एजेन्सी । पोल्यान्डका विदेशमन्त्रीले बुधबार सहयोगीसमक्ष युक्रेनको लागि लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गरेका छन्। कीएभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी रूसले गरिरहेको आक्रमणबाट बच्न मद्दत गर्न यस्तो आह्वान गरेको जनाइएको छ ।
युक्रेनी राजधानी कीएभ र उत्तरपूर्वी सहर खार्किभमा मंगलबार गरिएको घातक क्षेप्यास्त्र आक्रमणका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौं सर्वसाधारण घाइते भएका छन् ।
बुधबार, पोल्याण्डका शीर्ष कूटनीतिज्ञ राडोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जालमार्फत् पुटिनले बुझ्ने भाषामा जवाफ दिनुपर्ने बताए । आफ्ना तथा युक्रेनका सहयोगीहरूलाई युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू प्रदान गर्न आग्रह गर्दै यसले प्रक्षेपण क्षेत्र तथा सैन्य केन्द्रहरू हटाउन सक्षम बनाउँने उनले विश्वास व्यक्त गरे । पोल्याण्ड युक्रेनको कट्टर सहयोगी हो र नयाँ प्रशासनले आफ्नो छिमेकी मुलुकका लागि राजनीतिक समर्थन दोब्बर बनाएको छ ।
सिकोस्र्कीले रूसले युक्रेनलाई निरन्तर रुपमा गरिरहेको र प्रतिक्रियामा मस्को विरुद्धका पश्चिमी प्रतिबन्धहरू कठोर हुनुपर्ने बताए। परिणामस्वरुप हात हतियार निर्माण तथा तस्करीलगायतका क्रियाकलापहरू फस्टाउन नपाउने उनको भनाइ छ ।
गत डिसेम्बरमा पोल्याण्डको विदेश मन्त्रीको रूपमा नियुक्त, सिकोस्र्कीले आफ्नो पहिलो विदेश भ्रमणको लागि युक्रेनलाई रोजे । उनले युक्रेनलाई सशस्त्र बनाउनको लागि पश्चिमले आफ्नो अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार