ऊर्जा उत्पादनका एडीबी र माल्दिभ्सबीच पाँच करोड पचास लाख अमेरिकी डलरको सम्झौता
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १७:२०:४३
१८ पुस, काठमाडौं । एसियाली विकास बैंक एडिबी र माल्दिभ्सबीच माल्दिभ्समा नवीकरणीय ऊर्जा उत्पादन र वितरण विस्तारका लागि पाँच करोड पाँच लाख अमेरिकी डलरसम्मको ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापछि माल्दिभ्सका लागि एडीबीका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भने, “यो परियोजना माल्दिभ्सको ऊर्जा सुरक्षा बढाउन र ऊर्जा क्षेत्रको दिगो रूपान्तरणलाई सहज तुल्याउन तयार गरिएको कार्यक्रम हो ।”
माल्दिभ्सका अर्थमन्त्री मोहम्मद शफीकले भने, “विशेष गरी ऊर्जा, यातायात, पानी र शहरी पूर्वाधार र सार्वजनिक क्षेत्रको व्यवस्थापनको क्षेत्रमा बैङ्क माल्दिभ्समा ‘महत्वपूर्ण विकास साझेदार’ रहेको छ ।”
शफीकले भने, “नवीकरणीय ऊर्जा क्षेत्रको विस्तार गर्ने हाम्रो यात्राप्रति बैङ्क र अन्य साझेदारको प्रतिबद्धता देखेर म पनि हर्षित छु ।”कार्यक्रम अन्तर्गत समुद्रमा आधारित फ्लोटिङ सोलार प्यानल, सामुद्रिक ऊर्जा उपकरण, साना एअर टर्बाइन र फ्लो ब्याट्रीजस्ता उदीयमान प्रविधिहरू स्थापना गरिने एडीबीले जनाएको छ ।
एडिबीको सहयोगमा एसियाली विकास कोषबाट चार करोड १५ लाख डलर, साधारण पुँजीगत स्रोतबाट ८५ लाख डलर सहुलियतपूर्ण ऋण र जलवायु परिवर्तन कोषबाट पाँच लाख डलर अनुदान रहेको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार