दिल्लीका मुख्यमन्त्रीको घर प्रहरी घेराबन्दीमा
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार ११:२३:३९
१९ पुस,नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आज गिरफ्तारीको सम्भावना बढेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार तेस्रो पटक दिल्ली एक्साइज नीति घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) को अनुरोधलाई बेवास्ता गरेका थिए । त्यसपछि पार्टी नेताहरूले दाबी गरे कि ईडी टोलीले सीएम केजरीवाललाई उनको घरबाट पक्राउ गर्न सक्छ।
आप स्रोतका अनुसार प्रहरीले दिल्लीको मुख्यमन्त्रीको घर जाने दुवै बाटो बन्द गरेको छ। मुख्यमन्त्री निवासका कर्मचारीलाई पनि त्यहाँ जान रोक लगाइएको छ भने सञ्चारकर्मीलाई मुख्यमन्त्री केजरीवालको घर बाहिर जान अनुमति दिइएको छ । तर मुख्यमन्त्रीको घरबाहिर प्रहरीको ब्यबस्था रहेको छ र मिडियाका लागि छुट्टै ठाउँको व्यवस्था गरिएको छ, जुन सामान्य दिनमा हुँदैन ।
यसैबीच, आम आदमी पार्टीका नेताहरूले प्रवर्तन निर्देशनालयले आज अरविन्द केजरीवाललाई पक्राउ गर्न सक्ने दाबी गरेका छन्। आप नेता तथा मन्त्री आतिशीले ट्विट गर्दै यो दाबी गरेका हुन् ।
ईडीले बुधबार आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई तेस्रो नोटिस पठाएको थियो। यसअघि २ नोभेम्बर र २१ डिसेम्बरमा पनि दिल्लीका मुख्यमन्त्रीलाई सोधपुछका लागि बोलाइएको थियो । उनले ईडीमा उपस्थित हुन अस्वीकार गरेका थिए। धेरै आप नेताहरूले बुधबार भनेका थिए कि अनुसन्धान एजेन्सीले आज बिहान अरविन्द केजरीवालको घरमा छापा मार्नेछ, त्यसपछि उनलाई पक्राउ गर्न सकिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार