‘चित्रा’ ट्रेलरमा पारिवारिक कथा र सन्तोषको एक्सन
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १५:४:५३
१९ पुस, काठमाडाैं । 'चित्रा'को ट्रेलर सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक २ मिनेट ५९ सेकेन्ड अवधिको ट्रेलरले फिल्म एक्सन र पारिवारिक कथाको समिश्रण भएको देखाएको छ।
खारिएका कलाकारहरुको बलियो लाइनअप भएकाले 'चित्रा'लाई एउटा आशावादी फिल्म मान्न सकिन्छ। फिल्मको मूल द्वन्द्व ट्रेलरमा प्रष्ट रुपमा नखुलाइए पनि बाबु-छोरीको सम्बन्धको कथा वरिपरि फिल्मको दृश्यभाषा निर्माण गरिएको बुझ्न सकिन्छ ।
फिल्ममा अर्पण थापा,प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे जस्ता शशक्त कलाकारको अभिनय रहेको छ। यही फिल्मबाट सन्तोष अधिकारी नेपाली रजतपटमा डेब्यू गर्दैछन् । उनले पनि सम्भावना देखाएका छन् । ट्रेलरमा उनको एक्सनले ध्यान खिच्छ ।
फिल्मका निर्देशक घनश्याम लामिछाने हुन्। निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएपछि प्रशंसा बटुलेका थिए, त्यसैले ‘चित्रा’लाई आशालाग्दो सिनेमा मान्न सकिन्छ । बाबुछोरीको कथा बोकेको 'चित्रा' यस अर्थमा एउटा सम्भावना बोकेको फिल्म हो भन्न सकिन्छ।
‘चित्रा’मा सन्तोष, मेनुका, शुभेच्छा, अर्पण, प्रमोद, प्रकाशको साथमा अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ ।
चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज शिवाकोटीको संगीत छ ।
महेश पौडेलले छायाँकन गरेको फिल्ममा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । फिल्मको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन् ।
फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ । यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
जकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो
मंसिर २९, २०८१ शनिबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश गरियो
मंसिर २९, २०८१ शनिबार
ऐतिहासिक र सांस्कृतिक धरोहर, जानकी मन्दिर ( फोटो फिचर )
मंसिर २९, २०८१ शनिबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार