हामी २०२४ मा पक्का विवाह गर्छौ : अनु शाह
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १५:१७:३४
१९ पुस, काठमाडौं । कलाकार सविन श्रेष्ठ र अनु शाहले विवाह गर्ने भएका छन्। यो जोडी लामो समयदेखि प्रेम सम्बन्धमा छ । उनीहरुले आफ्नो प्रेम सामाजिक सञ्जाल होस् या सार्वजनिक थलो खुलेरै अभिव्यक्त गरिरहेका हुन्छन् ।
यी दुईले बनाउने भ्लगलाई पनि दर्शकहरूले निकै रुचाउने गरेका छन् । वर्षौदेखि प्रेममा रहेका कारण मिडियामा प्रस्तुत हुँदा होस् वा भ्लगमा आएका प्रतिक्रियाहरू हेर्दा होस् उनीहरूलाई एउटा प्रश्न छुट्दैन । त्यो हो – विवाह कहिले गर्ने ? अब भने यो जोडी विवाहको तयारीमा जुटेको छ ।
हालसालै एक म्युजिक भिडियो सुटिङका क्रममा मिडियाकर्मीसँग कुरा गर्दै अनुले उक्त कुरा बताएकी हुन् । ‘हामी २०२४ मा पक्का विवाह गर्छौ । दुई मन मिलेपछि विवाह जहिले जुर्छ, त्यतिबेला गर्दा हुन्छ जस्तो लाग्छ । यद्यपि, हामी दुवैले २०२४ मा विवाह गर्ने भनेर एकअर्कालाई वाचा गरेका छौँ’ उनले भनिन्, ‘काम व्यस्तताले गर्दा विवाहको योजना बन्न सकेको थिएन । विवाहको मिति तय त भइसकेको छैन तर हामी यसवर्ष विवाह गर्छौं ।’
एक दशकअगाडि होलीको फोटोसुटको क्रममा सविन र अनुबीच भेटघाट भएको थियो । यसपछि मित्रता हुँदै उनीहरूको सम्बन्ध प्रेममा रुपान्तरण भएको थियो । यो जोडीले एकसाथ ‘लक्ष्य’ र ‘आधी बाटो’लगायतका फिल्ममा अभिनय गरेका छन् ।
कामको कुरा गर्दा केही म्युजिक भिडियोमा पनि उनीहरूले सहकार्य गरेका छन् । अहिले सविन एक फिल्म घोषणाको तयारीमा छन् भने अनु म्युजिक भिडियोमा व्यस्त छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेहुली हुँदाको अनुभवको कथा लेख्नुस पुरस्कार जित्नुस
असोज ९, २०८१ बुधबार
हरर कमेडी ‘फिरफिरे फिरिरी’ छठ पर्वमा रिलिज हुने
असोज ७, २०८१ सोमबार
चलचित्र ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
छविको बयानः जीबीलाई फकाउँदै गोर्खा मिडियामा आएको सहकारीको पैसामा रविले रजगज गरे
असोज ९, २०८१ बुधबार
नेपाल प्रहरीका ४१ एसपीको सरूवा, को कहाँ ?
असोज ८, २०८१ मंगलबार
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि
असोज ९, २०८१ बुधबार
भुटानलाई पराजित गर्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा
असोज ९, २०८१ बुधबार
सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा
असोज ९, २०८१ बुधबार
आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह
असोज ९, २०८१ बुधबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
आशिका तामाङलाई पक्राउ गर्न सूर्यविनायक नगरपालिकाको माग
असोज ९, २०८१ बुधबार